काठमाडौं- पाल्पामा जिप दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ भने आठ जना घाइते भएका छन्।
तानसेन नगरपालिकाको डुम्रेबाट तिनाउ गाउँपालिकाको चिदिसतर्फ गुडिरहेको लु१ज २३७१ नम्बरको जीप दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ।
मृतक र घाइतेको पहिचान भने खुलिसकेको छैन। घटनाबारे थप विवरण आउन बाँकी छ।