बुधबार, चैत १८, २०८२

मेस्सीको उत्कृष्ट प्रदर्शनसँगै बार्सा शिर्ष स्थानमा यथावत

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari

एजेन्सी- शनिबार राति भएको स्पेनिस ला लिगामा बार्सिलोनाले इस्पान्योललाई फराकिलो गोलअन्तरले पराजित गरेको छ । कप्तान लियोनेल मेस्सीको उत्कृष्ट प्रदर्शनसँगै बार्सिलोनाले इस्पानियोललाई ४-० गोल अन्तरले पराजित गरेको हो ।  

बर्सिलोनाको जितका लागि मेस्सीले दुई गोल तथा लुइस स्वारेज र औसमान डेम्बेलेले समान१-१ गोल गरे । फ्रिकिकमा उत्कृष्ट प्रहार गर्दै मेस्सीले दुबै गोल गरेका थिए । बार्सिलोनाले पहिलो हाफमा ३-० को अग्रता बनाउँदा, दोस्रो हाफमा थप एक गोल गरेको थियो । 

कप्तान लियोनेल मेस्सीको गोलमार्फत बार्सिलोनाले खेलको १७ औं मिनेटमा अग्रता लिएको थियो । त्यसपछि २६ औं मिनेटमा डेम्बेलेले गोल गर्दै बार्सिलोनाको अग्रता दोब्बर पारे । 

डेम्बलेले मेस्सीको पासमा उत्कृष्ट गोल गर्दै २-० को अग्रता दिलाए । पहिलो हाफको अन्तिम मिनेटमा लुइस स्वारेजले गोल गरे । स्वारेजको गोल मार्फत बार्सिलोनाले पहिलो हाफमै अग्रता तेब्बर पार्न सफल भयो । उनले डेम्बेलेको पासलाई सदुपयोग गरेका थिए ।

दोस्रो हाफमा मेस्सीले व्यक्तीगत दोस्रो गोल गर्दै बार्सिलोनालाई ४-० को फराकिलो अन्तरले पराजित गरे । उनले खेलको ६५ औं मिनेटमा टिमका लागि चौथो र व्यक्तीगत दोस्रो गोल गरे थिए । जितपछि बार्सिलोना १५ खेलबाट ३१ अंक जोडेर लिगको शीर्ष स्थानमा यथावत रहेको छ । स्पान्योल २१ अंकसहित नवौं स्थानमा छ ।

ला लिगामा शनिबार राति नै भएका अन्य खेल :

सेभिल्लाविरुद्ध भ्यालेन्सिया (१-१)

एथ्लेटिकोविरुद्ध अलाभेस (३-०)

भिल्लारियलविरुद्ध सेल्टाभिगो (२-३)
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।