शनिबार, भदौ १३, २०८३

हत्या गरी फरार रहेका एक अभियुक्त पक्राउ

 |  मंगलबार, फागुन १, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, फागुन १, २०८०

काठमाडौं- जिल्ला प्रहरी परिसर काठमाडौँले काठमाडौँ महानगरपालिका–९ गौशाला रुञ्चे डाँडास्थित सिरहा–धनुषा होटल एण्ड लजमा मृत अवस्थामा फेला परेकी रामेछाप लिखु तामाकोसी गाउँपालिका–५ कि २८ वर्षीया प्रमिला दमाईंका हत्यारालाई पक्राउ गरेको छ।

पक्राउपर्नेमा दोलखा बैतेश्चर गाउँपालिका–७ का ३८ वर्षीय कुमार श्रेष्ठ रहेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता तथा प्रहरी उपरीक्षक कुमोध ढुङ्गेलले जानकारी दिए। उनले भने, ‘पक्राउ परेका श्रेष्ठको प्रमिलासँग विगत एक वर्षदेखि प्रेम सम्बन्ध रहेको र उनीहरुका परिवारमा विवाद उत्पन्न भएपछि कुमारले प्रमिलाको हत्या गरेको अनुमान गरिएको छ।’ श्रेष्ठलाई प्रहरीले आज काठमाडौँको बुद्धनगरबाट पक्राउ गरेको जनाएको छ। 

यही माघ २७ गते मृत अवस्थामा फेला परेकी प्रमिला दमाईको विवाहेत्तर सम्बन्धका कारण हत्या भएको हुनसक्ने जानकारी प्रहरीले यसअघि नै दिएको थियो। मृतक प्रमिलाका श्रीमान् नसे दमाईंसँग काठमाडौँमा डेरामा बस्दै आएको खुलेको पनि प्रहरीले जनाएको छ। 
    
प्रमिला र कुमारबीच दोलखाको एक रेडियो कार्यक्रममार्फत चिनजान भएको र दुवै विवाहित रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको जनाइएको छ। 

प्रकाशित: Feb 13, 2024| 16:39 मंगलबार, फागुन १, २०८०
प्रतिक्रिया दिनुहोस्