बुधबार, पुस २, २०८२

छुट्टाछुट्टै सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

 |  सोमबार, माघ २९, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, माघ २९, २०८०

काठमाडौं- देशका विभिन्न भागमा पछिल्लो २४ घण्टामा भएका सवारी दुर्घटनामा पाँच जनाको ज्यान गएको छ।

National life

प्रहरीका अनुसार प्यूठान, माण्डवी गाउँपालिका-१ देविस्थान डाँडास्थित सडकमा रा.१ क ७७३ नम्बरको जेसीबीको ठक्करबाट सोही ठाउँ बस्ने ६४ वर्षीय ठग बहादुर घर्तीको आइतबार साँझ घटनास्थलमै मृत्यु भएको छ। जेसीबी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

कपिलवस्तु, महाराजगंज नगरपालिका-११ बढेगाँउस्थित सडकमा हाल नम्बर नखुलेको अटो र लु.५६ प ४८९९ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई आइतबार राति दुर्घटना हुँदा मोटरसाइकल चालक महाराजगंज नगरपालिका-१ पिपरी बस्ने ३६ वर्षीय उदयराज रैदासको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल तौलिहवामा उपचारको क्रममा मृत्यु भएको हो। साथै दुर्घटनामा घाइते भएका १ जनालाई सुमित्रा पोलिक्लिनिक महाराजगंजमा उपचारको लागि पठाइएको छ। हाल फरार अटो चालकको प्रहरीले खोजी गरिरहेको छ।

रूपन्देही, बुटवल उपमहानगरपालिका-११ कालिकानगरस्थित सडकमा लु.७३ प ६५९८ नम्बरको स्कुटर अनियन्त्रित भई आइतबार राति दुर्घटना हुँदा चालक सोही उपमहानगरपालिका-१३ बदेलपोखरी बस्ने ५४ वर्षीय राज कुमार थापाको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो।

धादिङ, बेनिघाट रोराङ गाउँपालिका-२ स्थित सडकमा बा.४ ख ३५५९ नम्बरको टिपर अनियन्त्रित भई आइतबार राति दुर्घटना हुँदा टिपरमा सवार सोही ठाउँ बस्ने २९ वर्षीय गोविन्द श्रेष्ठको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको टिचिङ अस्पताल मलेखुमा उपचारको क्रममा मृत्यु भएको हो। साथै दुर्घटनामा घाइते भएका टिपरमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ भने १ जनालाई थप उपचारको लागि ट्रमा सेन्टर काठमाण्डौं रिफर गरिएको छ। टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

Laxmi sunrise bank
kumari

महोत्तरी, बर्दिबास नगरपालिका-१ स्थित सडकमा ना.५ ख ५०१३ नम्बरको बसको ठक्करबाट पैदलयात्री हाल नाम, थर, वतन नखुलेका अन्दाजी ३५ वर्षीय पुरुषको आइतबार राति मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको शुभ-स्वस्तिक हस्पिटलमा उपचारको क्रममा मृत्यु भएको हो। बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

प्रकाशित: Feb 12, 2024| 13:39 सोमबार, माघ २९, २०८०
प्रतिक्रिया दिनुहोस्