शनिबार, भदौ १३, २०८३

फागुन १ गते सार्वजनिक बिदा छैन

 |  सोमबार, माघ २९, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, माघ २९, २०८०

काठमाडौं- गृह मन्त्रालयले फागुन १ गते (भोलि मंगलबार) सार्वजनिक बिदा नरहेको स्पष्ट पारेको छ। मन्त्रालयले आज सूचना प्रकाशित गर्दै यसअघि मन्त्रिपरिषद्को बैठकको निर्णयअनुसार वार्षिक बिदा सूचीमा रहेको फागुन १ को सार्वजनिक बिदा कायम नरहेको प्रस्ट पारेको हो।

मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले निकालेको सूचनामा सर्वोच्च अदालतको फैसलाका कारण भोलिको बिदालाई मन्त्रिपरिषद् बैठकले हटाएको जनाइएको छ।

यसअघि गृह मन्त्रालयले राजपत्रमा सूचना प्रकाशन गरेर फागुन १ गते जनयुद्ध दिवसको बिदा दिएको थियो। तर सशस्त्र युद्धको सम्झनामा बिदा दिएको भन्दै धेरैले विरोध गरेपछि परेको मुद्दामा सर्वोच्चले उक्त दिनको बिदा खारेज गर्न परमादेश दिएको थियो।

प्रकाशित: Feb 12, 2024| 12:44 सोमबार, माघ २९, २०८०
प्रतिक्रिया दिनुहोस्