शनिबार, भदौ १३, २०८३

टिचिङको इमर्जेन्सीमा सीमित बिरामीको मात्रै उपचार हुने

 |  सोमबार, माघ २९, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, माघ २९, २०८०

काठमाडौँ- त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज (टिचिङ हस्पिटल) मा आजदेखि इमर्जेन्सीमा सीमित बिरामीको मात्रै उपचार हुने भएको छ।

इमर्जेन्सी कक्ष मर्मत गर्नुपर्ने भएकाले सीमित साधन स्रोतबाट उपचार गरिने त्रिवि शिक्षण अस्पतालले जनाएको छ। अस्पतालले सूचना जारी गर्दै तत्कालका लागि सीमित बिरामीको मात्र उपचार हुन सक्ने जनाएको छ।

‘माघ २९ देखि केही दिन यस अस्पतालको इमर्जेन्सी कक्ष मर्मत गर्नुपर्ने भएको हुँदा सीमित साधन स्रोतबाट उपचार गर्नुपर्ने अवस्था छ,’ त्रिविले भनेको छ। अस्पतालले बिरामी पर्ने असुविधाप्रति क्षमासमेत मागेको छ।

प्रकाशित: Feb 12, 2024| 08:02 सोमबार, माघ २९, २०८०
प्रतिक्रिया दिनुहोस्