शनिबार, भदौ १३, २०८३

कञ्चनपुरका दुई पत्रकारलाई सात दिन थुनामा राख्न अनुमति

 |  आइतबार, माघ २८, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, माघ २८, २०८०

काठमाडौं- कञ्चनपुरमा विद्युतीय अपराध गरेको अभियोगमा पक्राउ परेका दुई पत्रकारलाई हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ।

पत्रकार पुष्कर भट्ट र ऐश्वर्या कुँवरलाई सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले प्रहरीलाई अनुमति दिएको हो।

जिल्ला प्रहरी कार्यालयले शनिबार विद्युतीय अपराध (साइबर क्राइम) मुद्दामा दुवैलाई पक्राउ गरेको थियो। प्रहरीविरूद्व लेखेकै कारण उनीहरूलाई पक्राउ गरेको भन्दै नेपाल पत्रकार महासंघ लगायतका पेसागत संगठनले विरोध जनाइरहेका छन्।

कञ्चनपुर प्रहरीले भने सामाजिक सञ्जालमा जथाभावी लेखेर चरित्र हत्या गर्ने काम गरेको भन्दै उनीहरूलाई पक्राउ गरेको बताएको छ।

प्रकाशित: Feb 11, 2024| 19:03 आइतबार, माघ २८, २०८०
प्रतिक्रिया दिनुहोस्