बुधबार, चैत २५, २०८२
  • गृहपृष्ठ
  • समाचार
  • नक्कली सुन देखाएर ७ लाख ७५ हजार ठगी गरेको आरोपमा पाँच आरोपी पक्राउ

नक्कली सुन देखाएर ७ लाख ७५ हजार ठगी गरेको आरोपमा पाँच आरोपी पक्राउ

 |  आइतबार, माघ २८, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, माघ २८, २०८०

काठमाडौं- एक केजी सुन भागबन्डा गर्ने प्रलोभन देखाएर सात लाख ७५ हजार रुपैयाँ ठगी गरेको आरोपमा भक्तपुरबाट पाँचजना पक्राउ परेका छन्। 

National life

पक्राउ पर्नेमा सिन्धुपाल्चोकको बाह्रविसे नगरपालिका–५ घर भई हाल भक्तपुर बोडे बस्ने वपर्ष ३८ को छुल्टीम लामा, वर्ष ३३ को राजेन्द्र तामाङ, वर्ष २७ को चिनबहादुर लामा, हाल काठमाडौं मुलपानी बस्ने वर्ष ३१ को मिलन भन्ने दावा दुण्डुप तामाङ र बाह्रविसे–८ का वर्ष ४८ को जितबहादुर तामाङ रहेका छन्।

प्रहरीका अनुसार माघ १७ गते रामेछापको दोरम्बा गाँउपालिका–४ घर भई हाल भक्तपुर मध्पुर ठिमी नगरपालिका कोरियन अस्पताल नजिकै बस्ने वर्ष २४ की विनिता थापा मगरलाई अपरिचित व्यक्तिले फोन गरी १ केजी सुन छ लगानी गर्नु पर्‍यो बेचेर भागबण्डा गरौँला नाफा हुन्छ भनि सुन जस्तो बस्तु देखाई प्रलोभनमा पारेका थिए।

उनीहरुले माघ २० गते भक्तपुर नगरपालिका–२ व्यासीबाट २ लाख ७५ हजार रुपैयाँ र २२ गते ५ लाख रुपैयाँ गरी जम्मा ७ लाख ७५ हजार रुपैयाँ लिई फोन स्वीच अफ गरी फरार भएका थिए।

सो सम्बन्धमा माघ २६ गते जिल्ला प्रहरी परिसर भक्तपुरमा दिइएको जाहेरी दरखास्तको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय भक्तपुर शाखा र प्रहरी परिसर भक्तपुरको प्रहरी टोलीले खोजतलास गर्ने माघ २६ र २७ गते ठगीमा सम्लंन उनीहरु बोडेबाट  पक्राउ परेका थिए। खानतलासी गर्दा निजहरुको साथबाट नगद तथा सामानहरू समेत बरामद भएको प्रहरीले जनाएको छ।

kumari

जसमा छुल्टीम लामाको साथबाट १ थान मोबाइल, नगद रु. १ लाख २२ हजार, राजेन्द्र तामाङसँग २ थान मोबाइल, नगद रु १४ हजार, चिनबहादुर लामाबाट २ थान मोबाइल, नगद रु ८६ हजार ५ सय, दावा दुण्डुप तामाङ बाट १ थान मोबाइल र जितबहादुर तामाङबाट २ थान मोबाइल, नगद रु. ७४ हजार बरामद भएको प्रहरीले जनाएको छ।

प्रकाशित: Feb 11, 2024| 16:28 आइतबार, माघ २८, २०८०
प्रतिक्रिया दिनुहोस्