आइतबार, साउन १०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • विवाह पञ्चमी महोत्सव सफल पार्न कार्यकर्तालाई कांग्रेस उपसभापति निधिको निर्देशन

विवाह पञ्चमी महोत्सव सफल पार्न कार्यकर्तालाई कांग्रेस उपसभापति निधिको निर्देशन

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
जनकपुरधाम–नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले साताव्यापी कार्यक्रमका साथ सुरु भएको रामजानकी विवाहोत्सव भव्यताका साथ सफल पार्न धनुषा कांग्रेसलाई निर्देशन दिएका छन् ।

त्रेता युगमा भगवान राम र सीताको विवाह सम्पन्न भएको स्मरणमा हरेक वर्ष मनाइने विवाहोत्सवलाई सफल पार्न उपसभापति निधिले जिल्ला तहका नेता कार्यकर्तालाई निर्देशन दिएको निधिका स्वकीय सचिव विश्वास विक्रमले जानकारी दिएका छन् ।

नेता निधिले प्रदेश २ का नेपाली कांग्रेस संसदीय दलका नेता रामसरोज यादव र जिल्ला सभापति महेश शंकर गिरीलाई विवाहोत्सवका अवसरमा मनाइने हरेक कार्यक्रम सफल पार्न कार्यकर्ता परिचालन गर्न निर्देशन दिएका हुन् ।

निधिले विवाहोत्सवमा सरिक हुन भारतको अयोध्याबाट जनकपुर आउने जन्ती तथा अतिथिलाई जिल्लाको सीमावर्ती नाका जटही पुगेर स्वागत गर्नसमेत कार्यकर्ताहरुलाई आग्रह गरेका छन् । विवाहोत्सवमा सहभागी हुन भारतको अयोध्याबाट साधु सन्तहरु हाती, घोडा र उँट चढेर जटही नाका हुँदै जनकपुर पुग्ने कार्यक्रम रहेको बताइएको छ ।

स्वकीय सचिव विश्वासका अनुसार २६ मंसिरमा मनाइने विवाहोत्सवको प्रमुख कार्यक्रमका दिन जानकी मन्दिरमा पूजाअर्चनामा सहभागी हुनेछन् ।

जयनगर–जनकपुर रेलवेको उद्घाटन भारत र नेपालका प्रधानमन्त्री वा केन्द्रीय मन्त्री तहबाट हुनुपर्ने निधिले पुनः दोहराएका छन् । यसअघि विवाहोत्सव समारोहमा सहभागी हुन आउन लागेको भारत उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले रेल उद्घाटन गर्ने कार्यक्रम रहेको चर्चा चलेपछि निधिले आपत्ति जनाएका थिए ।

जनकपुर–जयनगर रेल खण्ड राष्ट्रिय आयोजना रहेकोले दुई देशका प्रधानमन्त्री वा केन्द्रीय मन्त्रीबाट उद्घाटन हुनुपर्ने यसअघि बताइसकेको स्मरण गराउँदै उपसभापति निधिले विवाहोत्सव समारोहमा जन्तीको रुपमा सरिक हुन आउने मुख्यमन्त्री वा उच्च तहको सहभागिताबारे आफ्नो कुनै आपत्ति नहरेको स्पष्ट पारेका छन् ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।