मंगलबार, पुस १, २०८२

एमाले महासचिव पोखरेल चढेको गाडी सडकमै पल्टियो

 |  आइतबार, माघ २८, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, माघ २८, २०८०

काठमाडौं- नेकपा एमालेका महासचिव शंकर पोखरेल चढेको जिप दैलेखमा दुर्घटना भएको छ। पोखरेल चढेको म १ च ३६९ नम्बरको स्कोरपियो जिप शनिबार दिउँसो करिब ३ बजेतिर दैलेखको डुंगेश्वर गाउँपालिकाको चुप्रा बजार नजिक दुर्घटना भएको हो।

National life

एमालेका उपमहासचिव विष्णु रिमालले आज सामाजिक सञ्जालमा जिप दुर्घटनाको फोटो सार्वजनिक गर्दै ‘एउटा अकल्पनीय क्षति हुनबाट जोगिएको भयानक दुर्घटना’ लेखेका छन्। जिप सडक किनारमा पल्टिएको देखिन्छ।

जिप दुर्घटनामा परे पनि महासचिव पोखरेल सकुशल रहेको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ। गाडी बाटैमा पल्टिएपछि उनी अर्को गाडी चढेर कार्यक्रममा सहभागी भएका थिए। सो जिपमा सवार एक जना सामान्य घाइते भएका छन्।

महासचिव पोखरेल जिल्ला अधिवेशनमा सहभागी हुन सुर्खेतबाट गाडी चढेर दैलेख जाँदै थिए। जिप चालकले ब्रेक फेल भएर गाडी पल्टिएको बताएको प्रहरीले जनाएको छ।

प्रकाशित: Feb 11, 2024| 13:41 आइतबार, माघ २८, २०८०
प्रतिक्रिया दिनुहोस्