बुधबार, चैत २५, २०८२

पाल्चोकी मन्दिरमा ३ करोड खर्चेर ६ हजार किलोको घण्ट बनाइँदै

 |  आइतबार, माघ २८, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, माघ २८, २०८०

सिन्धुपाल्चोक- सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–३ पाल्चोकी मन्दिरमा छ हजार किलोको ठूलो घण्ट बन्ने भएको छ । एक कार्यक्रमबीच प्रकाश मानव सेवा आश्रमका संरक्षक प्रकाश भुजेलले घण्टको शिलान्यास गरे।

National life

जयवागेश्वरी पाल्चोकी माई ठूलो घण्ट निर्माण व्यवस्थापन समितिले सो घण्ट दुई वर्षमा निर्माण गर्ने लक्ष्य लिएको बताएको छ । घण्ट निर्माणका लागि प्रकाश भुजेलले रु २० लाख २० हजार सहयोग गरेका छन्। भुजेलले रु दुई लाख २० हजार नगद र १८ लाखको चेक समितिलाई हस्तान्तरण गर्दै सबैलाई सहयोग गर्नसमेत आग्रह गरे।

कार्यक्रममा पण्डित नारायणप्रसाद खनालले पाल्चोकसम्म आउने बाटो राम्रो बनाउनुपर्नेमा जोड दिए । “यहाँ खानेबस्ने राम्रो व्यवस्था होस्”, उनले भने, “यसले पर्यटन प्रवर्द्धनलाई टेवा पुग्ने छ । 

घण्ट बनाउन रु तीन करोड ३० लाख खर्च लाग्ने आयोजकले बताएको छ । श्री जयवागेश्वरी पाल्चोकी माई ठूलो घण्ट निर्माण व्यवस्थापन समिति तथा मन्दिर व्यवस्थापन मूल समितिको आयोजनामा फागुन ६ गते आइतबारसम्म आयोजना हुने नवाहा ज्ञान महायज्ञ पण्डित रामकृष्ण सुवेदी तथा नारायणप्रसाद खनालले वाचन गर्नेछन्।

घण्ट निर्माणका लागि विष्णुबहादुर बराइलीले रु पाँच लाख, प्रकाश मानव सेवाका अध्यक्ष श्याम खडाकाले एक लाख पाँच हजार सहयोग गर्ने प्रतिबद्वता व्यक्त गरेको समितिका अध्यक्ष पदमबहादुर खड्काले जानकारी दिए।
 

kumari

प्रकाशित: Feb 11, 2024| 11:00 आइतबार, माघ २८, २०८०
प्रतिक्रिया दिनुहोस्