आइतबार, चैत २२, २०८२

आज ला लिगामा शिर्ष चार टोली भिड्दै, बार्सा शिर्ष स्थानमा रहला ?

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari

एजेन्सी- स्पेनिस ला लिगा फुटबलमा शनिबार महत्वपूर्ण चार खेल हुँदै छन् । शनिबार लिगको अंक तालिकामा रहेका पहिलो, दोस्रो, तेस्रो र चौंथो स्थानमा रहेका टोलीले प्रतिस्पर्धा गर्दै छन् । जसले लिगको १५औं हप्ता अन्तर्गतको खेलले हार-जितको हिसाब मात्र हैन । 

लिगको अंक तालिकामा समेत उथलपुथल हुन सक्ने छ । त्यसैले पनि शनिबार रातिको खेल क्लब र दर्शक, समर्थथका लागि महत्वपूर्ण र रोमाञ्चक हुने अनुमान गर्न सकिन्छ । 

ला लिगका अंक तालिकामा हाल निकै कडा प्रतिस्पर्धा छ । आजको ४ खेलको नतिजाले अंक तालिकामा निकै फरक आउने छ । लिगको १४ खेल सकिसक्दा सम्म शिर्ष स्थानको बार्सिलोनाको २८ अंक छ । 

त्यस्तै दोस्रो स्थानमा रहेको सेभिल्लाको २७ अंक, तेस्रो स्थानमा रहेको एथ्लेटिको मड्रिडको २५ अंक र चौथोस्थानमा रहेको अलाभेसको २५ अंक छ । बर्सिलोनाले १४ खेल मध्यबाट ८ खेलमा जित, ४ खेलमा बराबरी र २ खेल गुमाउदै २८ अंक जोडको हो । 

त्यस्तै सेभिल्लाले समान खेल खेल्दा ८ मा जित र ३-३ खेलमा बराबरी र हार व्यहोरेको छ । मड्रिडले ६ खेलमा जित, ७ खेलमा बरारबी र १ खेलमा पराजित हुँदा अलाभेसले ७ खेलमा जित, ३ खेलमा बराबरी र ४ खेलमा पराजित भएको छ । 

आज हुने खेल र समय :

एथ्लेटिको मड्रिडविरुद्ध अलाभेस - साँझ ५:४५ बजे

भ्यालेन्सियाविरुद्ध सेभिल्ला - राति ९ बजे

भिल्लारियलविरुद्ध सेल्टा भिगो - राति ११:१५ बजे

इस्पान्योलविरुद्ध बार्सिलोना - राति १:३० बजे
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।