मंगलबार, पुस १, २०८२
  • गृहपृष्ठ
  • समाचार
  • इमाडोलमा चार तला माथिबाट हामफाल्दा महिलाको ज्यान गयो, अचेत भेटिएका दुई बच्चाको मृत्यु

इमाडोलमा चार तला माथिबाट हामफाल्दा महिलाको ज्यान गयो, अचेत भेटिएका दुई बच्चाको मृत्यु

 |  शनिबार, माघ २७, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, माघ २७, २०८०

ललितपुरको इमाडोलस्थित एक घरबाट हामफालेकी महिलाको ज्यान गएको छ भने सोही घरमा अचेत अवस्थामा फेला परेका दुई बच्चाको पनि मृत्यु भएको छ।

National life

शनिबार अपराह्न महालक्ष्मी नगरपालिका-४ इमाडोलस्थित ओचुहाइटको एक घरमा अचेत अवस्थामा फेला परेका दुई बच्चाको मृत्यु भएको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ। ६ वर्षीय बालक र दुई वर्षीया बालिकाको मृत्यु भएको हो।

अपराह्न साढे ४ बजे उनीहरूकी आमा ३६ वर्षीया रबिना महर्जनले घरको चौथो तलबाट हाम फालेकी थिइन्। स्थानीयले उद्धार गरी उनलाई किस्ट अस्पताल पुर्‍याएका थिए। उनको उपचारका क्रममा मृत्यु भएको छ।

घटनापछि घरभित्र पुग्दा कोठाभित्र दुई जना बच्चाहरू अचेत अवस्थामा फेला परेका थिए। बच्चालाई पनि तत्काल अस्पताल पुर्‍याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए। बच्चाहरूको मृत्यु के कारणले भएको भन्ने खुलिनसकेको प्रहरीले जनाएको छ।

घटना हुँदा घरमा नरहेका श्रीमान् सम्पर्कमा आएका छन्। प्रहरीले घटनाबारे थप अनुसन्धान अघि बढाएको छ। बच्चाहरूको मृत्यु कसरी भएको भन्नेबारे पोस्टमर्टम रिपोर्ट आएपछि मात्रै भन्न सकिने प्रहरीले जनाएको छ।

Laxmi sunrise bank
kumari

उता काठमाडौं महानगरपालिका–९ विजय चोकमा रहेको एक होटलमा महिलाको शव भेटिएको छ। शनिबार साँझ अन्दाजी ४५ वर्षीया महिलाको शव भेटिएको हो।

दुई दिनदेखि कोठा बन्द रहेको अवस्थामा ग्राहक पैसा नतिरी गएको हुन सक्ने आशंका गरेर ढोका खोल्दा शव भेटिएको भन्दै होटल सञ्चालकले प्रहरीलाई खबर गरेका थिए। लगत्तै प्रहरी वृत्त गौशालाको टोली घटनास्थलमा पुग्दा शव फेला परेको थियो। खाटमा महिलाको शव भेटिएको र नजिकै डोरीसमेत फेला परेको प्रहरीले जनाएको छ। ढोका भने बाहिरबाट बन्द थियो।

शव भेटिएको सिरहा धनुषा होटल एण्ड लजका कर्मचारीले ती महिला एक जना पुरुषसँग होटलमा आएको बताएका छन्। ती व्यक्तिले होटलमा गलत विवरण टिपाएको बताइएको छ। 

प्रकाशित: Feb 10, 2024| 23:00 शनिबार, माघ २७, २०८०
प्रतिक्रिया दिनुहोस्