आइतबार, साउन १०, २०८३

सुन्तला ब्रान्डिङ गर्न पर्यटनकर्मी कलकत्तामा 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
इटहरीः प्रदेश १ मा उत्पादन भएका सुन्तलाहरुबो ब्रान्डिङ गर्न विभिन्न व्यापारी, कृषक तथा पर्यटन व्यवशायीहरु कलकत्ता पुगेका छन। भारतीय राज्य पश्चिम बंगालको राजधानी कलकत्तामा भएको हिमालयन अरेन्ज टुरिजम फेस्टिभल २०१८ को लागी नेपालका पर्यटनकर्मीहरु सहित १ सय सहभागीहरु कलकत्ता पुगेका छन । 

कलकत्ता सहरको चर्चित साल्टलेक सिटी सेन्टरमा प्रदेश १ का ५ वटा स्टलहरु रहेको नेपाली टोलीको नेतृत्व गरेर पुगेका धरानका पर्यटन व्यवसायी बासुदेब बरालले जानकारी दिए ।

प्रदर्शनमा हिमाली क्षेत्रमा फलेका सुन्लताहरु राखेका विभिन्न ५० वटा स्टलहरु रहेका छन । धरानको सेछ ट्राभलिङ, धरान कृषि बजार, सलकपुर पर्यटन विकास केन्द, पाथिभरा मन्दिर व्यवस्थापन समिति, झापा होटल असोसिएसन, इलाम पर्यटन सरोकार समिति आदि संस्थाका प्रतिनिधिहरुले नेपाली सुन्तला स्टलको नेतृत्व गरिरहेका छन । 

कलकत्ताको सक्रिय पर्यटकीय संस्था असोसिएसन अफ कन्जरेशन फर टुरिजमको आयोजनामा भएको हिमालयन सुन्तला मेला यहि डिसेम्बर ७ बाट सुरु भएको हो । तीन दिन सम्म चल्ने मेलामा प्रदेश १ का इलाम, धनकुटा र भोजपुरका सुन्तलाहरु राखिएका छन । इलामको सलकपुर, भोजपुरको दिङ्ला र धनकुटाको छिन्ताङका सुन्तलाहरु मेलामा राखिएका छन । 

मेलामा नेपाल बाहेक भारको कालिम्पोङ, दार्जिलिङ, सिक्किक  लगायतका हिमाली क्षेत्रमा फलेका सुन्तलाहरु प्रदर्शन र बिक्रिमा राखिएको नेपाली सहभागी तथा पर्यटन व्यवसायी एलिना मगरले बताइन । 

प्रदेश १ सँग भौगोलिक सिमाना जोडिएको र अन्यन्तै नजिक रहेको पश्चिम बंगालका सुन्तला पारखीहरुलाइ चिनाउन नेपाली सुन्तलाहरु लगिएको पर्यटन व्यवसायी बरालले बताए । ‘हाम्रो सुन्तलालाइ हाम्रो क्षेत्रमा मात्रै हैन दशगजापारिका नजिकका बजारमा समेत ब्रान्डिङ र विज्ञापन गर्न हामीहरु हाम्रा उत्कृष्ठ सुन्तलाहरु लिएर कलकत्ता आएका हौँ’, पर्यटन व्यवसायी बरालले भने, ‘यहाँका आगन्तुकहरुलाइ सुन्तलासँगै भिजिट नेपाल २०२० को पनि हामी प्रबद्र्धन गरिरहेका छौँ । यसले सुन्तलासँगै प्रदेश १ को पर्यटकिय चर्चामा सहयोग गरेको छ ।’

नेपाली पर्यटन व्यवसायीहरुले मेलाको औपचारिक कार्यक्रममा नेपाली ढाका टोपी लाएर नेपाली पर्यटनलाइ नोटिस गराएको पर्यटनकर्मी मगरले बताइन । मागरका अनुसार प्रदेश १ नजिकैको भारतीय विशाल बजार कलकत्तामा पर्यटकीय प्रचान गर्ने अवसरको रुपमा हिमालयन अरेन्ज टुरिजम फेस्टिबलमा नेपाली सहभागीहरु पुगेका हुन । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।