शनिबार, भदौ १३, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • १५ लाख घुससहित पक्राउ परेका बनेपाका वडाध्यक्षविरुद्ध मुद्दा दायर

१५ लाख घुससहित पक्राउ परेका बनेपाका वडाध्यक्षविरुद्ध मुद्दा दायर

 |  शनिबार, माघ २७, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, माघ २७, २०८०

काठमाडौं- घर बाटो सिफारिस बापत १५ लाख घुस लिएको आरोपमा पक्राउ परेका काभ्रेको बनेपा नगरपालिका –९ का वडाध्यक्ष नृपेश बादेविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। 

घर बाटो सिफारिस गर्ने प्रयोजनको लागि सेवाग्राहीसँग घुस मागेको उजुरीका आधारमा बादेलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले यही माघ ३ गते भक्तपुरको गठ्ठाघरबाट रङ्गेहात पक्राउ गरेको थियो।  

नृपेश बादेले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ अन्तर्गतको कसुर गरेकोले निजलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुरमा बिगो रु १५ लाख  कायम गरी सोही ऐनको दफा ३ को उपदफा १ को देहाय (च) बमोजिम कैद सजाय हुन मागदाबी विशेष अदालत काठमाडौँमा आरोप पत्र दायर गरेको हो। 

वादेको साथबाट स्रोत नखुलेको १० हजार जापानी येन, एक सय अमेरिकी डलरको नोट र ह्युन्डाईको आईटेन कार पनि बरामद भएको थियो।

वादे २०७९ को स्थानीय निर्वाचनमा कांग्रेसबाट निर्वाचित वडाध्यक्ष हुन्।

प्रकाशित: Feb 10, 2024| 10:10 शनिबार, माघ २७, २०८०
प्रतिक्रिया दिनुहोस्