आइतबार, फागुन २४, २०८२

एक प्रतिशत जन्मजात बच्चामा मुटु रोग

 |  शुक्रबार, माघ २६, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, माघ २६, २०८०

काठमाडौं- जन्मजात एक प्रतिशत बच्चलाई मुटुको रोग लाग्ने गरेको पाइएको छ। सहिद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रले जन्मजात मुटु रोग सचेतना सप्ताह कार्यक्रमको बारेमा बिहीबर आयोजित पत्रकार सम्मेलनमा केन्द्रका वरिष्ठ बाल मुटु रोग विशेषज्ञ डा उर्मिला शाक्यले हजार जना जीवित जन्मिने बच्चामध्ये आठदेखि १० जनालाई मुटु रोग लागेको पाइएको बताइन्। 

National life

डा शाक्यले गर्भमा हुँदै मुटुभित्रको विभिन्न भाग तथा मुटुबाहिरको धमनीको बनावटमा गडबढी भएर जन्मिदै बच्चालाई मुटुको रोग लाग्ने गरेको बताइन्। जन्मजात मुटुको बिरामीमा मुटुको पर्दामा प्वाल पर्ने, मुटुका मुख्य धमनी साँघुरिने तथा भल्भ आंशिक वा पूर्णरुपमा बन्द हुने, मुख्य धमनी उल्टोपाल्टो भएर निस्कने, मुटुको दायाँ वा वाँया भाग अविकसित हुने गर्दछ। 

असाधारण स्वास्थ्य अवस्था रहेका बालबालिकाको मुटु रोगको कारणले धेरै मुत्यु हुने गरेको उनको भनाइ छ। शिशु गर्भमा रहेको बेला गर्भवतीले उचित खानपिन र पौष्टिक आहारमा ध्यान दिने, चुरोट सेवनलाई रोक्नुपर्दछ। 

डा शाक्यले १० प्रतिशत मात्र मुटु रोगमा कारण पत्ता लाग्ने बताइन्। जन्मिदै मुटु रोग हुने बच्चामा उमेरअनुसार तौल नबढ्ने, कमजोर भइरहने, छातीको बायाँ भागमाथि उठ्ने, छाती दुख्ने, बेहोस हुने, जीउ सुन्निने जस्ता समस्या देखिने गर्दछ। 

प्रकाशित: Feb 09, 2024| 07:22 शुक्रबार, माघ २६, २०८०
प्रतिक्रिया दिनुहोस्