मंगलबार, भदौ ३१, २०८२

इटहरीका विद्यालयमा टाई हटाएर भादगाउँले टोपी

 |  शुक्रबार, माघ २६, २०८०
machha bankmachha bank

नेपाल समय

नेपाल समय

शुक्रबार, माघ २६, २०८०

vianetvianet

सुनसरी- इटहरी उमहानगरपालिकाले सबै विद्यालयमा एउटै पोसाक लागू गर्ने निर्णय गरेको छ। आज सम्पन्न शिक्षा समितिको बैठकले नगर क्षेत्रभित्र रहेका निजी तथा सामुदायिक विद्यालयमा एउटै पोसाक लागू गर्ने निर्णय गरेको इटहरी उपमहानगरपालिकाका प्रमुख हेमकर्ण पौडेलले जानकारी दिए।

Kumaribank

इटहरीमा एक सय ३४ निजी र ३६ सामुदायिक गरी एक सय ७० विद्यालय छन्। अब नगर क्षेत्रका ६३ हजार पाँच सय २६ विद्यार्थी एउटै पोसाकमा विद्यालय जाने उनले बताए। विद्यार्थीको पोसाकमा विविधता देखिएको भन्दै एकरूपता ल्याउनका लागि यस्तो निर्णय लिएको नगर शिक्षा समिति इटहरीले जनाएको छ।

उपमहानर प्रमुख पौडेलले विद्यालयमा टाई हटाएर भादगाउँले टोपी लगाउने समेत निर्णय गरेको प्रमुख पौडेलले बताउनुभयो। त्यसैगरी उपमहानगरका कर्मचारी र जनप्रतिनिधिको सन्तानलाई अनिवार्य रुपमा सरकारी विद्यालयमा नै पढाउनुपर्ने निर्णय पनि गरेको उनले बताए।

विद्यालय मातहतमा कुनै स्टेशनरी बेच्न नपाइने र भर्ना शुल्क वापत एक पटक लिएपछि सो विद्यालयमा पढ्ने विद्यार्थी वापत पटकरपटक कक्षा चढ्दा भर्ना शुल्क लिन नपाइने निर्णय भएको प्रमुख पौडेलले बताए। विद्यालय आफैँले किताब बेच्न नपाउने निर्णय गरेको पनि उनको भनाइ छ। साथै विद्यालय हाताभित्रबाट पाठ्यपुस्तक तथा शैक्षिक सामग्री बिक्री–वितरणमा रोक लगाएको हो।

प्रकाशित: Feb 09, 2024| 08:02 शुक्रबार, माघ २६, २०८०
प्रतिक्रिया दिनुहोस्