काठमाडौं- एभरेष्ट प्रिमियर लिग क्रिकेट (इपीएल) टी-२० क्रिकेटको उद्घाटन खेलमा ललितपुर प्याट्रियर्सले विराटनगर वारिवर्यलाई जितका लागि १ सय ५ को सामान्य लक्ष्य सुम्पेको छ ।
काठमाडौंको कीर्तिपुरस्थित टियु मैदानमा टस जितेर पहिलो ब्याटिङ रोजेको ललितपुरले निर्धारित २० ओभरमा ९ विकेट गुमाउर्दै १ सय ५ रन जोडेको थियो । ललितपुरका लागि कप्तान ज्ञानेन्द्र मल्लले सर्वाधिक ४९ रन जोडे ।
उनले ५२ बल खेल्दै तीन चौकार र दुई छक्काको मद्दतमा ४९ रन जोडेका हुन् । त्यस्तै सन्नि पटेलले २० जोड्दा पवन सराफले १४ रन जोडे । ललितपुरका अन्य व्याट्सम्यानले भने दोहोरो अंक छुन सकेनन् ।
पारस खड्काको कप्तानिमा रहेको विराटनगरका लागि रोइलोफ भान डेर मेर्वे र करन केसीले समान दुई दुई विकेट लिँदा, बसन्त रेग्मी, पारस खड्का र स्मिथ पटेलले समान एक एक विकेट लिए । विराटनगरले केहि बेरमा जवाफी व्याटीङ गर्ने छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४