काठमाडौं- बलात्कार पछि हत्या गरिएकी कञ्चनपुरकी १३ बर्षीय कालिका निर्मला पन्तको न्यायका लागि अल्फा राइडर टिम युवाले शनिबार काठमाडौंमा बाइक र्याली निकालेका छन् । बलात्कार पछि हत्या गरिएकी निर्मलाको न्यायको माग गर्दै अल्फा राइडर्सका ५० जना महिला तथा पुरुसले बाईक र स्कुटर र्याली निकालेका हुन् ।
टेकुबाट सुरु भएको र्याली न्यु रोड, टुँडिखेल, रत्नपार्क हुँदै माइतिघर मण्डलामा आएर सक्किएको थियो । बाईक र्यालीका क्रममा निर्मलाको न्यायका लागि दबाबमुलक नारा समेत लगाएका थिए ।
कञ्चनपुरमा करिब चार महिना अघि बलात्कारपछि हत्या गरिएकी १३ वर्षीया निर्मला पन्तको न्यायको माग गर्दै दिनहुँ प्रदर्शन भइरहेका छन् ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४