बुटवल– पाल्पामा बाबुले हानेको भरुवा बन्दुकको छर्राले लागेर छोराको मृत्यु भएको छ। रैनादेवी छहरा गाउँपालिका–६ जुठापौवास्थित तल्लोतालका ५६ वर्षीय कर्णबहादुरले शुक्रबार बेलुकी ६ बजे भरुवा भन्दुकले मकै बारीमा आएको स्याललाई हान्दा छर्राले छोरालाई लागेको थियो।
बाबुले हानेको बन्दुकको छर्रा लागेर ३५ वर्षीय धनबहादुर लम्तरीको मृत्यु भएको हो। स्याललाई ताकेको बन्दुकको छर्राले लागेर मृत्यू भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रामेश्वर त्वातीले जानकारी दिए