आइतबार, साउन १०, २०८३

स्यालको आक्रमणबाट छ जना घाइते

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
सल्यान- वनगाड कुपिण्डे नगरपालिका–५ काफलेनीमा शुक्रबार राति स्यालको टोकाइबाट छ जना घाइते भएका हुन् । 

स्यालको टोकाइबाट काफलेनीका चार वर्षीय बालक लक्ष्मण राना, २४ वर्षीय शेरबहादुर पुन, ३० वर्षीया पुष्पा राना र १६ वर्षीय मानबहादुर पुन घाइते भएका हुन् । यस्तै कुमाख गाउँपालिका–२ तिमिलेमा पनि स्यालको टोकाइबाट दुई जना घाइते भएका छन् । 

बेलुका घर बाहिर निस्केका बेला एक्कासि बारीबाट स्याल आएर आफूलाई आक्रमण गरी घाइते बनाएको पीडित शेरबहादुर पुनले बताउनुभयो । यसअघि नजिकैको जङ्गलबाट गाउँमा बहुलाएको स्याल पसेर दर्जन बढी चौपायालाई समेत टोकेको स्थानीय दुर्गा विसीले जानकारी दिए। 

स्यालको टोकाइबाट घाइते भएकाको सल्लीबजारस्थित जनवन्धु पोलिक्लिनिकमा उपचार भइरहेको छ । उक्त स्यालको खोजी भइरहेको सल्लीबजार इलाका प्रहरी कार्यालयले जनाएको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।