मंगलबार, वैशाख १५, २०८३

मकवानपुरमा फैलियो भाइरल ज्‍वरो, एकैपटक १३० जना बिरामी

 |  मंगलबार, माघ २३, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, माघ २३, २०८०

काठमाडौं- मकवानपुरमा भाइरल ज्वरो फैलिएको छ। एकै गाउँमा भारइल ज्वरोका कारण १३० जना बिरामी भएका छन्। राक्सिराङ गाउँपालिका–९, टर्लिङमा पाँच दिनअघिदेखि फैलिएको भाइरल ज्वरोबाट एकजनाको मृत्यु भएको छ। 

National life

सोमबार साँझसम्म टर्लिङ गाउँका १३० स्थानीयमा भाइरल ज्वरो देखिएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ। 

ज्वरोका कारण गएको शुक्रबार टर्लिङका ६० वर्षीय टिकाबहादुर नगरकोटीको मृत्यु भएको कार्यालयका जनस्वास्थ्य अधिकृत नवदीप सिलवालले जानकारी दिए। नगरकोटीको खैराङ स्वास्थ्य चौकीमा उपचारको क्रममा मृत्यु भएको हो। 

एकै गाउँमा ठूलो संख्यामा भाइरल ज्वरो फैलिएपछि चिकित्सकसहित राक्सिराङ गाउँपालिका कार्यालयबाट स्वास्थ्यकर्मीको टोली खटाइएको छ। 

बिरामी हुनेमा बालबालिकादेखि सबै उमेरका स्थानीय छन्। बिरामीमा ज्वरो आउने, वाकवाकी लाग्ने, रुघाखोकी तथा छाती दुःख्ने लक्षण देखिएका छन्। दूषित पानीका कारण भाइरल ज्वरो फैलिएको हुन सक्ने स्वास्थ्य कार्यालयको अनुमान छ। यसको आधिकारिक रिपोर्ट भने आइनसकेको जनस्वास्थ्य अधिकृत सिलवालले बताए। 

kumari

प्रकाशित: Feb 06, 2024| 15:55 मंगलबार, माघ २३, २०८०
प्रतिक्रिया दिनुहोस्