शुक्रबार, चैत २०, २०८२

‘ए’ डिभिजन लिग : संकटालाई अवसर, पुलिसलाई चुनौती

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari

काठमाडौं- पल्सर सहिद स्मारक ‘ए’ डिभिजन लिग अन्तर्गत आज (शनिबार) सातौ चरणका दुई खेल हुँदै छन् । पहिलो खेल बिहान ११ बजे नेपाल पुलिस क्लबविरुद्ध हिमालयन शेर्पाले प्रतिस्पर्धा गर्ने छ भने दोस्रो खेल दिउँसो २:३० बजे एनआरटीविरुद्ध संकटा क्लब मैदानमा उत्रिने छ । शनिबारका दुबै खेल हलचोकस्थित एपीएफको मैदानमा हुनेछन् ।

समान ६ खेलबाट समान १० अंक जोडेका पुलिस र हिमालयन शेर्पा एक अर्कालाई पराजित गर्दै अंक तालिकामा अघिबढ्ने दाउँमा रहेका छन् । हालको अंक तालिकामा गोल अन्तरका आधारमा पुलिस पाँचौ स्थान र हिमालयन छैटौ स्थानमा छन् । 

तर पुलिसलाई मुख्य खेलाडीको चोटको पिरलो छ । रेजिन सुब्बा, समन लामा र हेम तामाङ चोटका कारण मैदानमा देखिनै छैनन् । दोहोरो पहेलो कार्डका कारण अघिल्लो खेल गुमाएका अजित भण्डारी हिमालयन शेर्पाविरुद्वको खेलमा मैदान उत्रनेछन् । 

त्यस्तै आजै हुने दोस्रो खेल संकटा र एनआरटी आमने सामने हुदैछन् । लिगको उपाधि दौडमा देखिएको संकटालाई तालिकामा अझ मजबुद बन्ने अवसर सातौ चरणको खेलमा प्राप्त छ । 

कारण, उसले तालिकाको पुछारमा रहेको टोली एनआरटीलाई प्रतिद्वन्दीको रुपमा पाएको छ । एनआरटीले प्रतियोगितामा जित दर्ता गर्न सकेको छैन । संकटा १५ अंक सहित तालिकाको तेस्रो स्थान र एक अंक जोडेको एनआरटी तालिकाको पुछारमा छ ।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।