शुक्रबार, मंसिर १२, २०८२

गर्भवती र दीर्घरोगीको निःशुल्क स्वास्थ्य बीमा

 |  मंगलबार, माघ २३, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, माघ २३, २०८०

गोरखाको गण्डकी गाउँपालिकाले पालिकाभित्रका गर्भवती तथा दीर्घरोगीका लागि निःशुल्क स्वास्थ्य बीमा कार्यक्रम सुरुआत गरेको छ। चालु आर्थिक वर्ष २०८०-०८१ मा विनियोजित बजेटमार्फत पालिकाभित्रका सबै गर्भवती तथा दीर्घरोगीका लागि स्वास्थ्य बीमा गर्न सुरु गरेको हो।

National life

पालिकाले दीर्घरोगी र गर्भवतीका लागि वार्षिक एक लाखसम्मको स्वास्थ्य बीमाको थालनी गरेको छ। स्वास्थ्य बीमा कार्यक्रमले लक्षित परिवारमा अबदेखि सहज स्वास्थ्य सेवाको पहुँच पुग्नेछ। गाउँपालिकाले वडा नम्बर ६ बाट ‘विश्व क्यान्सर’ दिवसका अवसर पारेर स्वास्थ्य बीमा कार्यक्रमको थालनी गरेको छ।

आग्रीडाँडा सामुदायिक स्वास्थ्य एकाइमा ‘क्यान्सर’पीडित परिवार तथा गर्भवतीलाई स्वास्थ्य बीमा फारम उपलव्ध गराएर बीमा कार्यक्रमको औपचारिक सुरुआत गरिएको छ। नियमित रूपमा औषधि सेवन गर्नुपर्ने तथा उपचार गर्नुपर्ने दीर्घरोगीका लागि कार्यक्रमले उपचारका लागि थप सहज हुनेछ भन्ने अपेक्षा गरिएको छ।

गण्डकी गाउँपालिकाभित्र अहिलेसम्म सूचीकृत भएका ८४ दीर्घरोगी छन्। दीर्घरोगी तथा गर्भवतीलाई निःशुल्क स्वास्थ्य बीमा कार्यक्रमका लागि गाउँपालिकाले चालु आर्थिक वर्षका लागि १० लाख बजेट विनियोजन गरेको थियो।
मुक्तिनाथ कृषि कम्पनीको सञ्चालकमा सुगारिका केसी
मुक्तिनाथ कृषि कम्पनीमा सर्वसाधारणको तर्फबाट पूर्व मिस नेपाल सुगारिका केसी सञ्चालकमा नियुक्त भएकी छन्। कम्पनीको सञ्चालक समितिको ७८ औं बैठकको निर्णयले केसीलाई सर्वसाधारणको तर्फबाट सञ्चालकमा नियुक्त गरेको हो।

कम्पनीले उनलाई आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गर्ने गरी नियुक्ति गरेको छ। केसीको नियुक्तिले आम कृषक, उपभोक्ता, व्यावसायिक साझेदार,लगानीकर्ता र सम्पूर्ण सरकारी तथा गैरसरकारी सरोकारवालाहरूमा कृषि क्षेत्रप्रति थप आकर्षण र सकारात्मक सन्देश प्रवाह हुने कम्पनीको अपेक्षा रहेको छ।

Laxmi sunrise bank
kumari

 

प्रकाशित: Feb 06, 2024| 11:40 मंगलबार, माघ २३, २०८०
प्रतिक्रिया दिनुहोस्