काठमाडौं- एभरेष्ट प्रिमियर लिग (इपीएल) टी-२० क्रिकेटको उद्धघाटन खेलमा शनिबार ललितपुर प्याट्रियट्स र विराटनगर वारियर्स भिड्दै छन् । उद्धघाटन खेल त्रिवि क्रिकेट मैदानमा दिउँसो १ बजेबाट सुरु हुने छ ।
विराटनगर वारियर्सको कप्तानि पारस खड्काले सम्हाल्ने छन् भने ललितपुर प्याट्रियट्सको कप्तानी ज्ञानेन्द्र मल्लले सम्हाल्ने छन् । दुवै टोली पहिलो खेलमा जित निकाल्ल्दै प्रतियोगितामा सुःखद सुरुवात गर्न चाहन्छन् ।
वारीयर्स गत वर्षको च्याम्यियन टोली हो । विराटनगरमा हङकङका पुर्व कप्तान तथा ब्याटिङ अलराउण्डर बावर हायत, नेदरल्यान्डका पाउल भेन मिकरेन, पूर्व दक्षिण अफ्रिकी तथा हाल डच खेलाडी रोलोफ भेन डर मर्व र भारतीय स्मित पटेल विदेशी खेलाडीका रुपमा रहेका छन् ।
राष्ट्रिय टिमका अनिलकुमार शाह, करण केसी, वसन्त रेग्मी साथै आशिफ शेख विराटनगरका प्रमुख खेलाडी हुन् । हायात हङकङको खेलमा व्यस्त रहेका कारण यस खेलमा उपस्थित रहने छैनन् ।
गत वर्ष तेस्रो स्थानमा रहेर इपीएल सकाएको ललितपुरले यस पटक खासै ठूला नाम टिममा अनुबन्ध गरेको छैन । तर घरेलु लिगमा भने उत्कृष्ट प्रर्दशन गरि रहेका भारतीय सन्नी पटेल, जयकिशन कोल्सावाला र गौरभ तोमर ललितपुरका विदेशी र मुख्य हतियार हुन् । यी तीनै खेलाडीले नेपाली घरेलु लिगमा उत्कृष्ट प्रर्दशन गर्दै आएका छन् ।
राष्ट्रिय तथा अन्तरार्रा्ष्ट्रिय स्तरमा उत्कृष्ट प्रर्दशन गरि रहेका सन्दीप लामिछाने पनि ललितपुरबाटै खेल्ने छन् । सन्दीप सुरुवाती दुई खेल मात्र खेल्ने छन् । बिग व्यास र वंगालदेश प्रिमियर लिग खेल्नु पर्ने भएको कारण अन्य खेल नखेल्ने भएका हुन् ।
त्यस्तै राष्ट्रिय टिमका स्पिनर ललितनारायण राजवंशी, घरेलु लिगमा राम्रो प्रर्दशन गरि रहेका युवा तीब्र गतिका बलर राशिद खान, आक्रमक ब्याट्सम्यान कुशल भुर्तेल, सन्दीप जोरा, सोनु तामाङ ललितपुरका प्रमुख खेलाडी हुन् ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४