एजेन्सी- इटालियन फुटबल लिग सिरी ए मा युभेन्टसले आफ्नो अपराजित यात्रा कायमै राखेको छ । शुक्रबार राति भएको खेलमा लिगको बलियो टोलिको रुपमा हेरिएको इन्टर मिलानमाथि संघर्षपूर्ण जित निकल्दै युभेन्टसले लिगमा आफ्नो अपराजित यात्रा कयमै राखेको हो ।
आफ्नै घरेलु मैदानमा भएको खेलमा युभेन्टसले मिलानमाथि १-० को संघर्षपूर्ण जित निकालेक हो । युभेन्टसको जितका लागि खेलको एकमात्र निर्णायक गोल मारियो मान्जुकिचले गरेका थिए ।
पहिलो हाफमा गोल रहित बराबरी खेलेको खेलमा दोस्रो हाफमा युभेन्टसले अग्रता लिएको थियो । जुन १-० को अग्रता नै जितका लागि प्रयाप्त भयो । मान्जुकिचले खेलको ६६ औं मिनेटमा जोआओ क्यान्सेलोको क्रसमा हेडरमार्फत गोल गर्दै जित दिलाएका थिए ।
यससँगै युभेन्ट्सले शीर्ष स्थानमा ११ अंकको अग्रता कायम गरेको छ । शनिबार नेपोलीले आफ्नो खेलमा जित दर्ता गरे यो अग्रता ८ अंकमा झर्नेछ । नेपोलीले शनिबार फ्रोसिनोनेको सामना गर्दैछ ।
निकै नै प्रतिस्पर्धात्मक बनेको खेलमा इन्टरले अग्रता लिने केहि अवसरहरु खेल फालेको थियो । जसका कारण मिलान युभेट्ससँग पराजित हुन पुग्यो । १५ खेलमा १४ जित र १ बराबरीसँगै युभेले ४३ अंक जोडेको छ ।
युरोपको शीर्ष ५ लिगमा यो नै उत्कृष्ट सुरुवात हो । यसै सिजनमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले १५ खेलमा ४३ अंक जोड्दै कीर्तिमान बनाएको थियो । यता इन्टर अंक तालिकामा युभेन्ट्सभन्दा १४ अंकले पछाडी छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४