आइतबार, साउन १०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • विधानसभा निर्वाचन: राजस्थानमा ७२ र तेलङ्गनामा ६७ प्रतिशत मतदान

विधानसभा निर्वाचन: राजस्थानमा ७२ र तेलङ्गनामा ६७ प्रतिशत मतदान

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
जयपुर- भारतको राजस्थान र तेलङ्गना राज्यमा शुक्रबार विधानसभाका लागि मतदान भएको छ। भारतीय सञ्चारमाध्यमले दिएको विवरण अनुसार राजस्थानमा ७२.७ प्रतिशत र तेलङ्गनामा ६७ प्रतिशत मतदाताले मतदान गरेका छन्। 

राजस्थान राज्यमा मात्रै एकसय ९९ स्थानका लागि भएको निर्वाचनमा झण्डै दुई हजारभन्दा बढी उम्मेदवार चुनावी मैदानमा थिए। 

राज्यका २०० निर्वाचन क्षेत्रमध्ये एकसय ९९ निर्वाचन क्षेत्रमा मात्र चुनाव भएको हो । बहुजन समाज पार्टीका उम्मेदवारको निधन भएका कारण अल्वार निर्वाचन क्षेत्रको चुनाव स्थगित भएको छ। 

निर्वाचनका लागि राज्यभरीमा ५१ हजार ६६७ वटा मतदान केन्द्र राखिएको चुनाव आयोगले जनाएको छ। शुक्रबार भएको निर्वाचनको मतगणना भने आगामी डिसेम्बर ११ तारिखमा मात्र हुने आयोगले बताएको छ। 

निर्वाचनमा भारतीय जनता पार्टी (भाजपा) र कङ्ग्रेसबीच कडा टक्कर हुने अनुमान गरिएको छ। यस चुनावमा दुवै पार्टीले कम्तीमा १०१ स्थान जित्ने दाबी गरेका छन्। 

सन् २०१३ मा भएको विधानसभा चुनावमा भाजपाले १६३ स्थान जितेर पूर्ण बहुमतको सरकार बनाएको थियो। कङ्ग्रेस २१ स्थानमा खुम्चिएको थियो। 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।