मंगलबार, पुस १, २०८२

आँखाका बिरामीको निःशुल्क उपचार गर्दै कटारी नगरपालिका

 |  आइतबार, माघ २१, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, माघ २१, २०८०

कटारी- उदयपुरको कटारी नगरपालिकाका ४ सय ५० जनाको निःशुल्क आँखा जाँच गरिएको छ। कटारी नगरपालिकाको सहयोगमा साथी समूह कटारीले दुइदिने निःशुल्क आँखा शिविर उनीहरुको निःशुल्क आँखा जाँच गराएको हो।

National life

समूहका अध्यक्ष विजयअधिकारीका अनुसार शिविरमा आएका ६१ जनामा मोतिविन्दु तथा आँखामा मासु पलाएकाले शल्यक्रिया गर्नुपर्ने भएको छ। इटहरिस्थित नवदृष्टि आँखा अस्पतालमा निःशुल्क शल्यक्रिया गरिनेछ।

स्वास्थ्य शिविरमा अस्पतालले नै निःशुल्क उपचारको व्यवस्था गरेको थियो। ‘आज २५ जनालाई उपचारका लागि हस्पिटल पठाएका छौँ’ समूहका सचिव राजकुमार थापा क्षेत्रीले भने , ‘अन्यलाई पनि पालैपालो निःशुल्क शल्यक्रियाका लागि लैजाने छौँ।’

नगरपालिकाका उपप्रमुख गीता खड्काले नगरका आँखाका बिरामीहरुलाई निःशुल्क उपचारको व्यवस्था गरिएको बताए।

शिविरमा परीक्षण गरिएका बिरामीहरुलाई निःशुल्क औषधि तथा चस्माको पनि व्यवस्था गरिएको छ। आर्थिक अभावका कारण आँखाको उपचार गराउन असमर्थहरुलाई उपचार, औषधि र चस्माको व्यवस्था गरिएको उपप्रमुख खड्काले बताए।

Laxmi sunrise bank
kumari

प्रकाशित: Feb 04, 2024| 22:25 आइतबार, माघ २१, २०८०
प्रतिक्रिया दिनुहोस्