काठमाडौं- नेपाल समयले शनिबार बिहानसम्म भएका घटना तथा सूचनाहरको संगालो बिहानी बुलेटिन सार्वजनिक गर्ने गरेको छ। जसमा रातिभरी भएका गतिविधि र शनिबार प्रकाशित पत्रपत्रिकाका सामाग्रीहरु समावेश गरिएका छन्।
संघीय समाजवादी फोरमकी समानुपातिक सांसद कलुदेवि विकले जेठ ११ गते संसद् बैठकमा विशेय समयमा भनिन्, 'सबैभन्दा बढी छुवाछुत त काठमाडौंमा रहेछ। हामीले एक महिना भयो कोठासमेत पाएका छैनौं। छुवाछुतको भेदभाव हुनेछैन भनेर संसद्मा सुनिरहेका छौं। काठमाडौंमा उस्तो समस्या छ भने गाउँ-गाउँमा के होला उनले दलित शब्द नै हटाउन आग्रह गरिन्। भनिन, हामी दलित होइनौं, शिल्पि हौं।
कुलदेविले कोठा नपाएको विषय उठाएको ५२ दिनपछि नेकपा सांसद निरुदेवि पाल उनकै डेरानजिक आक्रमण भयो। यी दुर्ए घटनाले सांसदलार्इ आवासको आवश्यकता छ भन्ने देखाएको छ। सांसद आवासका लागि राज्यले बर्षेनी छ करोड रुपैयाँ खर्च गरिरहेछ। तर सरकार सांसद आवास भवन बनाउन छुट्टयाइएको एक सउ ४९ रोपनी ४ आना जग्गा मासेर मन्त्रीहरुका लागि घर ठड्याउने तयारीमा छ। मन्त्रीहरु बस्दै आएको आवासलाई भने भत्काएर रोयल गेष्ट हाउस बनाउने निर्णय गरेको छ। यो खबर आजको
कान्तिपुरमा छ।
सिक्टा सिँचाइमा भ्रष्टाचार शिर्षकका
अन्नपूर्ण पोस्टले मुख्य समाचार छापेको छ। बहुचर्चित सिक्टा सिँचाइ आयोजनामा दुर्इ अर्ब १३ करोड रुपैयाँ भ्रष्टाचार भएको अख्तियार दुरुपयोग आयवगले ठहर गरेको छ। अख्तियारले पूर्वमन्त्री विक्रम पाण्डे र चार आयोजना प्रमुखसहित २१ जनाविरुद्ध शुक्रबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो। २५ अर्ब लागतमा आषोजना गुणस्तरहिन बनाएको आख्तियारको आरोप छ।
अदालती आदेश एनसेल कर उठाउन बाधक शिर्षकमा
नागरिक दैनिकले मुख्य समाचार छापेको छ। सर्वोच्च अदालतले एनसेल लाभरको मुद्दा किनारा नलगाउँदासम्म यस विषयमा कुनैपनि निर्णय लिन नसकिने अर्थ मन्त्रालयका राजस्व सचिव शिशिर ढुंगानाले बताएका छन्। संसद्को लेखा समिति बैठकमा शुक्रबार सचिव ढुंगानाले सर्वोच्च अदालतबाट आएको अन्तरिम आदेशले पनि एनेलले खरिदबिक्रिमा पूँजीगत लाभकर उठाउन कानुनी जटिलता थपेको बताए। ठूला करदाता कार्यालयको विज्ञ टोलीले टेलियाले ६० अर्ब ७१ करोडभन्दा धेरै रकम सरकारलार्इ बुझानउनुपर्ने निर्क्यौल निकालेका थिए।
त्यसैगरी आजको
नयाँ पत्रिका दैनिकले विश्विद्यालयमा छात्रा धेरै शिर्षकमा समाचार छापेको छ। नेपाली युवा अध्ययनको शिलशिलामा विदेशिन थालेपछि नेपालका विश्वविद्यालयमा छात्राको संख्यामा उल्लेख्य वृद्धि भएको छ। देशभरका विश्वविद्यालय तथा प्रतिष्ठानमा छात्रभन्दा १९ हजार ८२ छात्रा बढीको तथ्याकं छ। विश्वविद्याल अनुदान आयोगको पछिल्लो तथ्याकंअनुसार देशभरका विश्वविद्यालयमा छात्र ४७ प्रतिशत र छात्रा ५३ प्रतिशत छन्।
दक्षिण एशियाली सहयोग सङ्गठन (सार्क) स्थापनाको ३४ औँ वार्षिकोत्सवका अवसरमा शुक्रबार साँझ राजधानीमा आयोजित विशेष समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन सहभागी भएका छन्। सार्कका महासचिव अमजद हुसेन बी सियालले आयोजना गर्नुभएको उक्त समारोहमा मन्त्रिपरिषद्का सदस्य संवैधानिक अङ्गका प्रमुख, यहाँस्थित कूटनीतिक नियोगका प्रमुख तथा पदाधिकारी, पूर्वमन्त्री, विभिन्न राजनीतिक दलका नेता, कलाकार, उद्योगपति, व्यापारी तथा वरिष्ठ सञ्चारकर्मीको उपस्थिति थियो।
रुपन्देहीको देवदहमा पाँच वर्षीय बालिकामाथि आज बेलुकी करीब ७ बजे सामूहिक बलात्कारको प्रयास भएको छ । देवदह नगरपालिका–५ पानबारी नजिकै स्थानीय पाँच वर्षीय बालिकामाथि सामूहिक बलात्कारको प्रयास भएको हो ।
बालिका बलात्कार गरेको आशङ्कामा स्थानीय चार युवालाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय देवदहका प्रहरी सहायक निरीक्षक भरत थापाले जानकारी दिनुभयो । पीडित बालिकाको यौनाङ्गबाट रगत बगिरहेको र उनलाई उपचारका लागि लुम्बिनी अञ्चल अस्पतालमा पठाइएको समेत प्रसनि थापाले जानकारी दिनुभयो । पक्राउ परेका पाँच जनालाई नै हिरासतमा राखी अनुसन्धान थालिएको समेत उहाँले जानकारी दिए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४