मंगलबार, पुस १, २०८२

काठमाडौं क्यान्सर सेन्टरको आयोजनामा सचेतना कार्यक्रम र स्क्रिनिङ क्याम्प

 |  आइतबार, माघ २१, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, माघ २१, २०८०

काठमाडौं- स्याहारमा भएको फरकलाई बन्द गरौं भन्ने नारासहित  काठमाडौं क्यान्सर सेण्टर नालारोड भक्तपुरमा आज यस वर्ष २०२४ को क्यान्सर दिवस मनाइएको छ। कार्यक्रममा अस्पतालका कार्यकारी निर्देशक डा. सिमित सापकोटा सभापतिको रुपमा थिए भने प्रमुख अतिथिमा चलचित्रकर्मी दीपाश्री निरौला थिइन्।

National life

कार्यक्रममा उपस्थित १०० भन्दा बढीले भीआइए स्क्रीनिङको लाभ उठाएका थिए। कार्यक्रममा वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा. सुभाष पण्डितले पाठेघरको मुखको क्यान्सर र स्तन क्यान्सर परीक्षणको महत्वबारे चर्चा गरेका थिए। भक्तपुर जिल्लाभर कार्यरत महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई आमन्त्रण गरी क्यान्सर लागे-नलागेको बारे नि:शुल्क रुपमा उनीहरुको पाठघरको क्यान्सरको परीक्षण समेत गराइएको थियो। नेपालमा क्यान्सर रोगीको संख्या बढ्दो क्रममा छ। साथै उपचारको सुविधामा पनि वृद्धि भइरहेको छ।

अब हामी नेपालीहरुलाई क्यान्सर लागे स्वदेशमा नै सबै किसिमको उपचार हुन्छ। काठमाडौं क्यान्सर सेन्टर लगायतका अस्पतालहरुमा क्यान्सर रोगको अपरेसन, रेडियोथेरापी केनोथेरापी, ब्राकीथेरापी, ईम्युनोथेरापी लगायतका सम्पूर्ण उपचार उपलब्ध भएकाले भारत वा थाईल्याण्ड जानुपर्ने अवस्था हटेको छ।

Laxmi sunrise bank
kumari

 

प्रकाशित: Feb 04, 2024| 14:54 आइतबार, माघ २१, २०८०
प्रतिक्रिया दिनुहोस्