आइतबार, साउन १०, २०८३

सम्पूर्ण अपडेट- आज के-के भयो ?

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- आज मंसिर २१ गते शुक्रबार कहाँ के-के भयो? अब थाहा पाउनुहोस्, नेपाल समय दिनभरी।

कांग्रेसको महासमिति बैठक अन्योलमा, फेरि सर्न सक्ने

नेपाली कांग्रेसको आगामी २८ मंसिरदेखि ३ पुससम्म हुने भनिएको महासमिति बैठक अन्योलमा परेको छ। आठ महिनाअघि बस्ने भनिएको महासमिति बैठक पटक-पटक गरी तीन पटक सरिसकेको छ। 

अढाइ वर्षभित्र बर्दिबासमा रेल 

सरकारले रेल खरिदको गृहकार्य अगाडि बढाएको छ । भौतिक तथा पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले रेल खरिद गर्ने तयारी भइरहेको जानकारी दिएका छन्। मन्त्री यादवका अनुसार रेल भाडामा लिने र खरिद गर्ने सम्बन्धमा योजना बनेको छ।

कहिलेसम्म हो यो सास्ती ?

कलंकी नागढुंगा सडक निर्माणमा विलम्ब हुँदा त्यस क्षेत्रका बासिन्दाले व्यहोरिरहेको धुवाँ, धुलो, हिलो र सडक जामलाई शब्दमा बयान गर्न सकिँदैन। धुवाँधुलोका कारण सडक आसपासका बस्ती चौबिसै घन्टा तुवाँलोले ढाक्ने गरेको छ भने केही मिटर पर रहेका गाडी देख्न मुस्किल पर्छ।

चीन-अमेरिका व्यापार युद्ध

चीन र अमेरिका हाल व्यापारिक युद्धमा छन्। यो लडाइँ दुवै मुलुकले आपसमा विनिमय गर्ने वस्तुउपर लगाएका व्यापारिक करका कारण सुरु भएको हो। केही चिनियाँ वाणिज्य कानुनमा वैदेशिक कम्पनीले चिनियाँ कम्पनीहरुसँग साझेदारी नगरीकन चिनियाँ बजारमा आफ्ना वस्तु बेच्न नपाउने प्रावधान छ।

गुण्डा नाइकेविरूद्ध कालोपुलमा प्रहरीको इन्काउन्टर

कालोपूलमा प्रहरीले गुण्डा नाइकेलार्इ गोली प्रहार गरेको छ।  महानगरिय अपराध महाशाखाबाट खटिएको प्रहरी टोलीले पक्राउ गर्न खोज्दा प्रहरीमाथि नै गोली प्रहार गर्दै भागेपछि प्रहरीले फायर खोलेको थियो।

कांग्रेसमा हिन्दुत्वको मुद्दा औपचारिक रूपमा पेस

विदेशी शक्ति र आइएनजीको प्रभावमा परेर नेपाललाई  धर्म निरपेक्ष राष्ट्र घोषणा गरिएको भन्दै बेलाबेला सार्वजनिक अभिव्यक्ति दिइरहेका महामन्त्री डां शशांक कोइरालालाई अर्का केन्द्रीय सदस्य शंकर भण्डारीले साथ दिएका छन्।

एसिया प्यासिफिक समिटको संक्रमण नेकपा र कांग्रेसभित्र 

क्रिश्चिन प्रवद्र्धनको डिजाइनसहित हालै काठमाडौंमा सम्पन्न एसिया प्यासिफिक समिटको संक्रमण नेपाली राजनीतिमा विस्तारै देखिँदैछ। यो समिटले नेकपाभित्र एक प्रकारको भुइँचालो ल्याइदिएको छ।

नेपाल आइडलको भोटिङमा चलखेल, रविको भोट अमितलार्इ

नेपाल आइडलको भोटिङमा ठूलो चलखेल गरिएको खुलासा भएको छ। बिहीबारको प्रस्तुतीपछि भोटिङ सुरु भएपनि शुक्रबार बिहानको भोटिङमा ठूलो चलखेल भएको खुलासा भएको हो। नेपाल आइडलका कन्टेस्टेन्ट नम्बर १० का रवि वडलार्इ भोट गर्दा अमित बराललार्इ गएको नोटिफिकेसन आएपछि भोटिङमा चलखेल भएको खुलेको हो।

सीमामा सधैँ भारतीय दादागिरी, विवाद गरे गोली

नेपाल-भारत सिमाना नजिक आफ्नै भूमिमा कल्र्भट निर्माणको विषयलाई लिएर डेढ वर्षअघि कञ्चनपुरको पुनर्वास नगरपालिकाका गोविन्द गौतमले ज्यान गुमाउनु पर्‍यो। पुनर्वास नगरपालिकाको आनन्द बजार नाका अझै सञ्चालनमा आउन सकेको छैन। 

 छोराले गरे बुबा र ठूला बुबाको हत्या

कैलालीको लम्की चुहा नगरपालिका-४ मा छोराले आफ्ना बुवा र ठूलो बुवाको हत्या गरेका छन्। लम्कीचुहा नगरपालिका-४ बलियाका जहरीलाल चौधरीले शुक्रबार बिहान घरमै बुवा चक्र थारु र ठूलो बुवा पल्टु थारुको हत्या गरेका जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ।

मुआब्जा विवादले हुलाकी सडकको हलो अड्क्यो

मुआब्जा विवादका कारण पर्साको सदरमुकाम वीरगन्‍जदेखि ग्रामीण क्षेत्र जोड्ने हुलाकी सडकको स्तरोन्नतिमा समस्या देखिएको छ। निर्माणस्थलमा मुआब्जाको विवाद लामो समयदेखि नसुल्झिदा निर्माण कार्यले अपेक्षाकृत गतिमा प्रगति हाँसिल गर्न सकेको छैन। 

निजी क्षेत्रको माग : तरलता संकट तत्काल हटाऊ 

पूँजीको तरलता संकट (लीक्वीडीटी क्रन्च) लार्इ अभावलार्इ सम्बोधन गर्न निजी क्षेत्रले माग गरेको छ। बैंकिङ प्रणालीमा तरलताको समस्या सृजना भएको परिघटनालाई नजिकबाट नियालीरहेको भन्दै उद्योगी व्यवसायीहरुले सम्बोधन गर्न माग गरेको हो।

देशभरका हलमा ‘प्रसाद’ र ‘झिल्के’

देशभरका हलमा आज (शुक्रबार) दुई फिल्म रिलिज भएका छन्। फिल्म ‘प्रसाद’ र ‘झिल्के’ आज रिलिज भएका फिल्म हुन्।‘प्रसाद’ सिन्तान दम्पतिको कथामा आधारित र ‘झिल्के’ प्रेम तथा हास्य कथामा आधारित फिल्म हुन्।

आज युभेन्टसले बलियो टोली मिलनसँग भिड्दै

इटालियन सिरी ‘ए’ लिग अन्र्तगत शुक्रबार राति युभेन्टसले इन्टर मिलानको सामना गर्दै छ। लिगको शिर्ष स्थानमा रहेका युभेन्टस र तेस्रो स्थानमा रहेको मिलान भिड्न लागेका हुन्। त्यस्तै पनि यो खेल निकै नै समर्थकका लागि पनि रोमाञ्चक हुने अनुमान गर्न सकिन्छ।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।