आइतबार, साउन १०, २०८३

मानव बेचबिखनको मुख्य गरिबी

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- महान्याधिवक्ता अग्नीप्रसाद खरेलले मानव बेचबिखनको मुख्य कारण गरिबी, अज्ञानता तथा अशिक्षा भएको बताएका छन्। 

माइती नेपालले शुक्रबार आयोजना गरेको लैड्गिक हिंसा र दुर्व्यवहार: छैन हामीलाई स्वीकार' भन्ने मूख्य नाराका साथ मानव बेचबिखन मुद्धामा पीडित तथा साक्षी प्रतिकुल बकपत्र अनुसन्धानमूलक “अध्ययन सार्वजनिकिकरण” कार्यक्रममा बोल्दै महान्याधिवक्ता खरेलले भने, 'मानव बेचबिखनको अन्त्य गराउन मेरोतर्फबाट देशका सबै अदालत तथा सरकारी वकिलहरुलाई कडाइका साथ कानुन अनुसार कार्यान्वयनमा ल्याउन निर्देशनात्मक पत्रचार गरिसकेका छौं।
 
उनले लोभ, लालच, धम्कीका कारण पीडितले अभियोग फिर्ता लिने गरेको दुःखेसो व्यक्त गर्दै मानव बेचविखन सम्बन्धी परेका मुद्धाहरुमा अदालतले निरन्तर सुनुवाई गर्नुपर्नेमा जोड दिए।

अदालतले पटक पटक मानव बेचविखन गर्ने व्यक्तिलाई उपस्थित गराउन पत्रचार गरे पनि प्रहरीले उपस्थित नगराउने गरेको बताउँदै त्यस प्रकारका गतिविधिलाई अन्त्य गराउन प्रहरी प्रशासनलाई कडाइका साथ अघि बढ्न आग्रह समेत गरे। 

नेपाल सरकारका सचिव कृष्ण जिवी घिमिरेले डर, धम्की तथा आर्थिक प्रलोभनका कारण साक्षि नवक्ने प्रवृक्ति बढेकाले त्यसले सामाजिक मनोविज्ञानमा नकरात्मक असर पर्ने गरेको बताए। 

कार्यक्रममा अधिवक्ता तथा अनुसन्धानका सदस्य अनिता थापाले १४६ जना मानव बेचविखनमा परेका व्यक्तिहरुसँग सोध तथा अनुसन्धान गरिएको तथा २४ वटा सर्वोच्च अदालतका मुद्धाहरुलाई विश्लेषण गरी अध्ययन गरिएको जानकारी गराए। उनले अध्ययनका क्रममा विशेषत अशिक्षा तथा रोजगारीको बहानामा मानव बेचविखन हुने गरेको बताए। 

माइती नेपालका कार्यवहाक अध्यक्ष विश्वराम खड्काले कानुनी हक अधिकारमा पिडीत अनभिज्ञता हुनु बेचविखनको मुख्य कारण भएको बताउनुभयो । त्यस्तै मानिसमा चेतनाको अभिवृद्धि गर्नुपर्नेमा जोड दिए। 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।