बिहीबार, कात्तिक १३, २०८२

'पाञ्चाली'ले देश सिथिल भएको बेला उर्जा थप्‍ने

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
Kumaribank
Metro Mart
काठमाडौं- ‘देश सिथिल भएको बेला कविताले क्रान्ति ल्याउँछ। अहिले देश सिथिल भएको छ। यही बेला उर्जा थप्न नेपाली काब्य जगतमा कृष्ण कँडेलको कविता सङ्ग्रह पाञ्चाली आएको हो।’ कृष्ण कडेलको पाञ्चाली बिमोचन समारोहमा बरिष्ठ पत्रकार किशोर नेपालले उनको कृतिमाथी गरेको प्रशंसा हो यो।

राजधानीको सर्वनाम थ्रेटरमा शुक्रबार आयोजित बिमोचन समारोहमा पत्रकार नेपालले अहिले कविता र देश दुवैले अर्थ गुमाएको बताए। उनले भने, ‘अहिले देश सिथिल छ। कसैमा कुनै उर्जा छैन। 

कविता क्षेत्र पनि सिथिल नै छ। बलिया कविको उपस्थिति अभाव देखिएको छ। यो बेला बलिया कविता लिएर कृष्णले उपस्थिति जनाएका छन्। यसले कवितामा देखिएको स्तरिएताको अभाव पुर्नुका साथै देश सिथिल भएको बेला उर्जा थप्ने छ।’ 

यस्तै बरिष्ठ गजलकार ज्ञानुवाकर पौडेलले आफुले थुप्रै पुस्तक पुस्तकालयमा उपलब्ध गराउने गरेको स्मरण गर्दै पाञ्चालीलाई भने सिरानीमा राखेर सुत्ने बताए। ‘पुरानो पारा, पुरानै शैलीले दिक्क बनाएको थियो’, उनले भने, ‘कृष्णका कवितामा नविनता छ, बोधगाम्यता छ, फरक शैली छ। त्यसैले म यो कृतिलाई सिरानी राख्ने छु।’ उनले कृष्णका कविता सादा कापिका पाना जस्तै सफा र चिनी जस्तै मिठा भएको बताए।

कार्यक्रमका प्रमुख अतिथि अशेष मल्लले कवि एक युगमा एक जना मात्रै जन्मिने भएकाले कृष्णका कवितामा पनि यो युगले मागेको काब्बीक दम भएको बताए। यस्तै समिक्षक प्रा.डा. सावित्री कक्षपती र गंगाधर अधिकारीले कँडेलका कवितामा विषय र शिल्पको सन्तुलन भएको बताएका थिए। मानव अधिकार तथा शान्ति समाजले प्रकाशन गरेको सङ्ग्रहमा ७१ कविता संग्रहित छन्।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

वर्षको अन्त्यतिर सार्वजनिक गरिएका केही चलचित्रले न्यून दर्शक पाएका छन्। तिनीहरूको टिकट एक हजारसमेत बिक्री भएको छैन।

जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

‘फ्यान फलोइङ’ घट्छ, बच्चा जन्मिएपछि काम पाइँदैन भन्ने बुझाइलाई केही सेलिब्रेटीले गलत सावित गरेका छन्।

चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

कलाकार दीपकराज गिरी चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीप्रति आक्रोशीत भएका छन्।