आइतबार, वैशाख २८, २०८२

जनकपुरमा साहित्य, कला तथा अन्तराष्ट्रिय नाट्य महोत्सव सुरु

 |  शुक्रबार, माघ १९, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

शुक्रबार, माघ १९, २०८०

vianetvianet

गोदार (धनुषा)- जनकपुरधाम साहित्य, कला तथा अन्तर्राष्ट्रिय नाट्य महोत्सव २०८० सुरु भएको छ । मधेस प्रदेशको उद्योग वाणिज्य मन्त्रालय, जनकपुरधाम उपमहानगरपालिका र मैथिली विकास कोषको संयुक्त आयोजनामा पाँच दिवसीय महोत्सव सुरु भएको हो ।

triton college

महेन्द्रनायारण निधि मिथिला संस्कृति केन्द्रमा एक समारोहबीच पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले महोत्सवको समुद्घाटन गरे । मैथिली भाषा, साहित्य, कला, संस्कृति, अर्थ र पर्यटन प्रवर्द्धन विकासका निम्ति महोत्सवको आयोजना गरिएको मैथिली विकास कोषका अध्यक्ष जीवनाथ चौधरीले बताए।

महोत्सवको समुद्घाटन समारोहमा प्रमुख प्रतिथि पूर्वप्रधानमन्त्री नेपालसहित जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष वृषेशचन्द्र लाल, नेकपा (एमाले)का सचिव योगेश भट्टराई, मधेस प्रदेशको उद्योग, वाणिज्य तथा पर्यटनमन्त्री सुनिताकुमारी यादव, मधेसी आयोगका अध्यक्ष डा विजयकुमार दत्त, राष्ट्रिय समाचार समितिका कार्यकारी अध्यक्ष धर्मेन्द्र झा, वरिष्ठ साहित्यकार प्राध्यापक डा राजेन्द्र विमललगायतका विशिष्ट व्यक्ति सहभागी थिए।

पाँच दिवसीय महोत्सवमा विभिन्न विषयमा विमर्श हुनुका साथै सांस्कृतिक झाँकी, मिथिला चित्रकला कार्यशाला तथा प्रदर्शनी, बहुभाषिक नाटक, मिथिला भोजन तथा पुस्तक प्रदर्शनी, विद्यालयस्तरीय वक्तृत्वकला प्रतियोगितासहित सांस्कृतिक कार्यक्रम हुनेछ ।

महोत्सवमा नेपाल र भारतका कलाकारले आठवटा नाटक प्रदर्शन गर्नेछन् । पहिलो दिन हिउँको पृथ्वी यात्रा, दोस्रो दिन तिनिता रङ्गीन, विरजु विल्टु आ बाबु तेस्रो दिन, मन मञ्च, काँट चौथो दिन, सामचको सामचको अविहा हे, दुःखहि जनम भेल र पाँचौँ दिन जोगाड् नाटक मञ्चन हुनेछ ।

National life insurance

महोत्सवमा नेपाल–भारतका मिथिला क्षेत्रका रङ्गकर्मी तथा गायकको प्रस्तुति रहनेछ । कलाकारहरू रञ्जना झा, प्रिया मल्लिक, सुनिलकुमार मल्लिक, आभाष लाभ, नवीन मिश्र, पुनम मिश्र, प्रियाराज, ललित कामत, नेहा प्रियदर्शनी, अमर आनन्द, हरिशङ्कर चौधरी, रविराज साह, सुभाष विरपुरिया, जुली झा, रामनारायण ठाकुर, मोहित खण्डेवाल, हृदय रामयसहितको सहभागिता रहनेछ ।

नेपाल र भारतका विद्वान्, विदुषी, सामाजिक अभियन्ता, रङ्गकर्मी तथा राजनीतिकर्मीको सहभागिता रहने सो महोत्सवमा सङ्घीयता, भाषा नीति, साहित्यका विभिन्न विधा तथा समाजको वर्तमान अवस्थाप्रति मन्थन हुने कोषका अध्यक्ष चौधरीले बताए।

तत्कालीन जिल्ला विकास समिति धनुषाको निर्वाचित जनप्रतिनिधिले २०५८ सालमा स्थापना गरेको कोषले प्रत्येक दुई वर्षको अन्तरालमा आयोजना गर्दै आएको महोत्सव २०७३ सालदेखि निरन्तर भइरहेको छ ।
 

प्रकाशित: Feb 02, 2024| 08:01 शुक्रबार, माघ १९, २०८०
प्रतिक्रिया दिनुहोस्