भैरहवा- नेपाली कांगेसको नेतृ डा डिला संग्रौलाले निर्मलाको हत्यारा पत्ता लगाउन नसक्ने प्रधानमन्त्री के.पी शर्मा ओली र गृहमन्त्री रामबहादुर थापाले राजिनामा दिनुपर्ने माग गरेकी छिन्।
निर्मलाको न्यायका निम्ती अभियान चलाइरहेकी नेपाली कांग्रेस केन्द्रीय सदस्य तथा सांसद समेत रहेकी डा संग्रौलाले कञ्चनपुरकी बालिका निर्मला पन्तको हत्यारा प्रधानमन्त्री र गृहमन्त्रीले तत्काल पत्ता लगाउन नसके राजिनामा दिई हाल्नु पर्ने बताए।
रिपोर्टर्स क्लव प्रदेश ५ द्वारा बुटवलमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै डा संग्रौलाले भनिन्—‘नेपालमा न्याय मर्यो,न्याय बिकी सक्यो, अपराधीहरु सिंहदरबारको सुरक्षाभित्रै छन्।’
मुलुकका हजारौं निर्मलाहरुको न्यायका लागि आफुले ३ महिनादेखि न्याय देउ भन्ने अभियान चलाइरहेको बताउदै उनले असोज ११ इलामबाट शुरु भएको अभियान सबै प्रदेशमा संचालन गरेको बताइन्।
निर्मलाहरुको न्यायका लागि सिंगो समाज नजागेसम्म सम्भब नभएको भन्दै उनले बर्तमान ओली सरकार बादशाह,महेन्द्रपथ र निरंकुशतातर्फ गैरहेको आरोप समेत लगाईन्।
सरकारले न्याय नदिदा निर्मलाका बुबाको मानसीक सन्तुलन गुमेकोमा चिन्ता ब्यक्त गर्दै उनले निर्मलाका बुबाले आफुसंग‘कि फांसी देउ की मलाइ न्याय देऊ’भनेको सुनाइन्।
सोहि कार्यक्रममा क्लवले मानव अधिकार तथा शान्ति समाजमा निर्वाचित केन्द्रिय बरिष्ठ उपसभापति गोबिन्द खनाल र केन्द्रिय सदस्य मिना ढकाललाइ पनि सम्मान गरिएको थियो। रामकुमार क्षेत्रीको अध्यक्षतामा भएको कार्यक्रमको संचालन कपिल ज्ञवालीले गरेका थिए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४