शनिबार, साउन ९, २०८३

 छोराले गरे बुबा र ठूला बुबाको हत्या

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
धनगढी- कैलालीको लम्की चुहा नगरपालिका-४ मा छोराले आफ्ना बुवा र ठूलो बुवाको हत्या गरेका छन्।

लम्कीचुहा नगरपालिका-४ बलियाका जहरीलाल चौधरीले शुक्रबार बिहान घरमै बुवा चक्र थारु र ठूलो बुवा पल्टु थारुको हत्या गरेका जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ।

छोरा जहरीलालको कुटाईबाट उनकी आमा पनि घाइते भएकी छन्। टाउको र बाँया कानमा चोट लागेकी आमा दीलबहादुरी देवी चौधरीको लालरत्न अस्पताल लम्कीमा उपचार भइरहेको छ।

जहरीलाललाई प्रहरीले पक्राउ गरेको प्रहरी नायव उपरीक्षक हरी वलीले जानकारी दिए । जहरीलालको मानसिक सन्तुलन ठीक नरहेको गाउँलेहरुले जानकारी दिएका छन्।

घटना भएको कोठामा मदिरा पनि भेटिएको प्रहरीले जनाएको छ।  घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । वलीले घरायसी झगडाका कारणले हत्या गरेको भन्ने सुन्नमा आए पनि कारण अनुसन्धान पछि मात्र खुल्ने जनाएको छ। सुतिरहेको बेला काठले टाउकोमा प्रहार गरेर हत्या गरेको प्रहरीले जनाएको छ। 

जहरीलालको उमेर २९ बर्ष र उनका  ठुला बुबाको ६० र बुबाको ५५ बर्ष छ।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।