शनिबार, साउन ९, २०८३

कहिलेसम्म हो यो सास्ती ?

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
कलंकी नागढुंगा सडक निर्माणमा विलम्ब हुँदा त्यस क्षेत्रका बासिन्दाले व्यहोरिरहेको धुवाँ, धुलो, हिलो र सडक जामलाई शब्दमा बयान गर्न सकिँदैन । धुवाँधुलोका कारण सडक आसपासका बस्ती चौबिसै घन्टा तुवाँलोले ढाक्ने गरेको छ भने केही मिटर पर रहेका गाडी देख्न मुस्किल पर्छ ।

फराकिलो बनाउन थालेको तीन वर्ष बित्दा पनि निर्माण सम्पन नहुँदा यस क्षेत्रका बासिन्दा त हैरान भएका छन् । देशका विभिन्न भागबाट राजधानी छिर्ने मुख्य नाकाको स्तरोन्नतिमा भइरहेको ढिलाइले हाम्रो सरकारलाई गिज्याइरहेको छ भने सडक निर्माणको जिम्मेवारी लिएको ठेकेदार कम्पनी शर्मा सैलुङ कान्छाराम जेभी राज्यशक्तिको उपल्लो निकायसम्म गतिलो पहुँच राखेर कतिसम्म अनुत्तरदायी रहेछ भन्ने स्पष्ट पारेको छ ।

ट्राफिक प्रहरीका अनुसार यो सडकमा दैनिक १५ हजारभन्दा बढी गाडी आवतजावत गर्छन् ।



 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।