बुधबार, वैशाख १६, २०८३

मुगुमा फैलिएको रुघाखोकी भाइरल इन्फ्लुएन्जा

 |  बुधबार, माघ १७, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, माघ १७, २०८०

मुगु- जिल्लाको उत्तरी क्षेत्रमा पर्ने सोरु गाउँपालिका–६ पुरुमुरुमा तीन जनाको ज्यान जाने गरी फैलिएको रुघाखोकी इन्फ्लुएन्जा भएको पुष्टि भएको छ। सोरु गाँउपालिका–६ का पुरुमुरु र जिमा गाउँमा डेढसाता अघिदेखि फैलिएको रुघाखोकीबाट तीन जनाको मृत्यु र एक सय ५० जना सिकिस्त भएका थिए। 

National life

थला परेकामध्ये एक सय ३५ जना गरिएको परीक्षणमा इन्फ्लुएन्जाको लक्षण देखिएको उनीहरूको नमुना राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा परीक्षण गर्दा इन्फ्लुएन्जा पुष्टि भएको जिल्ला अस्पताल मुगुका डा कमल ढुङ्गानाले जानकारी दिए। 

इन्फ्लुएन्जा सङ्क्रमण पुष्टि भएपछि थप अनुसन्धानका लागि त्यस क्षेत्रमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय अन्तर्गतको इपिडिमोलोजी महाशाखा, विश्व स्वास्थ्य संगठनको टोली र जिल्ला अस्पताल मुगुबाट तीन जना डाक्टरसहितको टोली उक्त क्षेत्रतर्फ लागेको मुगुका प्रमुख जिल्ला अधिकारी टोपेन्द्रबहादुर केसीले जानकारी दिए। 


सोरु गाउँपालिकाका उपाध्यक्ष केशरबहादुर शाहीले गाउँपालिकाले सो क्षेत्रमा स्वास्थ्यकर्मी परिचालन गरिसकेको छ। उनले दुवै गाउँमा अहिले बिरामीको सङ्ख्या कम हुँदै गएको बताएका छन्। 

रुघाखोकीका कारण पुरुमुरुका ७२ वर्षीय हरिबहादुर शाही, ७५ वर्षीया कृित छत्याल र २४ वर्षीया कुशुम ढोलीको रुघाखोकी र ज्वरोका कारण केही दिनअघि मृत्यु भएको थियो।

kumari

प्रकाशित: Jan 31, 2024| 15:49 बुधबार, माघ १७, २०८०
प्रतिक्रिया दिनुहोस्