शनिबार, साउन ९, २०८३

अढाइ वर्षभित्र बर्दिबासमा रेल 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- सरकारले रेल खरिदको गृहकार्य अगाडि बढाएको छ । भौतिक तथा पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले रेल खरिद गर्ने तयारी भइरहेको जानकारी दिएका छन्। 

मन्त्री यादवका अनुसार रेल भाडामा लिने र खरिद गर्ने सम्बन्धमा योजना बनेको छ । उनले भने, ‘सरकारको प्राथमिकता रेल खरिदमै छ।’ उनका अनुसार हालसम्मको तयारीअनुसार खरिद गर्ने सम्भावना बढी छ। यस सम्बन्धमा भारतसँग चिठी आदानप्रदान भइसकेको जानकारी उनले दिए। उनले भने, ‘खरिद गर्न कम्तीमा अढाइ वर्ष लाग्छ।’

अढाइ वर्षभित्र रेल बर्दिबाससम्म सञ्चालन हुने गरी गृहकार्य अघि बढिरहेको जानकारी उनले दिए । उनले भने, ‘चार वर्षभित्र  निजगढसम्म रेल गुडाउने योजना छ।’

सम्झौता गरेको डेढ-दुई महिनामै चीनले रेलमार्गका लागि सम्भाव्यता अध्ययन गरिसकेको छ। भारतसँगको रेलमार्गसम्बन्धी सम्झौता भएको मार्गमा पनि सम्भाव्यता अध्ययन गरिरसकिएको छ। 

सरकारले विद्युतीय रेलमार्गलाई प्राथमिकता दिएको छ। ‘नेपालमा पूर्व–पश्चिम स्ट्यान्डर गेजको विद्युतीय रेल सञ्चालन हुनेछ। चीनको सहयोग बन्ने रेलहरू विद्युतीय हुन्,’ उनले भने, ‘भारतसँग पनि इन्धनभन्दा विद्युत्बाट चल्ने स्ट्यान्डर गेजको रेल सञ्चालनका लागि छलफल भइरहेको छ।’

रेल, मेट्रोरेल तथा मोनो रेल विकास अयोजनाका अनुसार पूर्वपश्चिम रेलमार्ग एक हजार ४७ किमिको विस्तृत अध्ययन प्रतिवेदन तयार गर्नुपर्नेमा हालसम्म नौ सय ९३ किमि (लिंकसहित) विस्तृत अध्ययन प्रतिवेदन तयार भएको छ।

काठमाडौं–वीरगन्ज लिंक रेलमार्गको सम्भाव्यता अध्ययनमा भारतले सहयोग गरिरहेको छ। केरुङ–काठमाडौं रेलमार्गको पूर्व सम्भाव्यता अध्ययनमा भने चीनले सहयोग गरिरहेको छ।
निजगढ–हेटौंडा भरतपुर रेलमार्ग एक सय १३ किलोमिटर सम्भाव्यता अध्ययन सम्पन्न भइसकेको छ। डिपिआर तयार गर्ने कार्यका लागि परामर्शदातासँग एक्सप्रेसन अफ इन्ट्रेस्ट (इओआइ) माग गरिएको छ।

रेलमार्ग निर्माणमा देखिएका समस्या

राष्ट्रिय सरोकार तथा समन्वय समितिको बिहीबार बसेको बैठकमा अयोजनाका इन्जिनियर विश्व केसीले रेल मार्गका लागि इआइए स्वीकृतिपछि पनि रूख कटानीका लागि झन्झटिलो प्रक्रिया रहेको बताए।

त्यस्तै जग्गा अधिग्रहण तथा मुआब्जा निर्धारणका कार्य विवादयुक्त भइरहने, ऐलानी जग्गा अधिग्रहण सम्बन्धमा नीतिगत अस्पष्टताका कारण अयोजना कार्यान्वयनमा समस्या देखिएको उनको भनाइ छ।

अयोजनाका अनुसार दक्ष जनशक्तिको कमीसमेत समस्याका रुपमा रहेको छ। मन्त्रालयका सचिव मधुसूदन अधिकारीले मुलुकमै पर्याप्त मात्रामा प्राकृतिक स्रोत हुँदासमेत जनकुपर र जयनगरको रेलको लिगमुनि बिछ्याउने स–साना गिट्टी भारतबाटै भित्र्याउनुपरेको बताए। उनले भने, ‘प्राकृतिक स्रोतको सदुपयोग गर्न सकेका छैनौं।’
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।