काठमाडौं- कालोपूलमा प्रहरीले गुण्डा नाइकेलार्इ गोली प्रहार गरेको छ । महानगरिय अपराध महाशाखाबाट खटिएको प्रहरी टोलीले पक्राउ गर्न खोज्दा प्रहरीमाथि नै गोली प्रहार गर्दै भागेपछि प्रहरीले फायर खोलेको थियो ।
प्रहरीलार्इ देखेपछि भागेका राजन लिम्बुलार्इ प्रहरीले गोली प्रहार गरेको हो । लिम्बु इटहरीमा आइएमइ लुटेर सञ्चालकलार्इ गोली प्रहार गरी भागेका अभियुक्त हुन् । उनी त्यहाबाट भागेर काठमाडौमा लुकेको जानकारी पाएको प्रहरीले खोजी अभियान चलाएको थियो ।
महानगरिय अपराध महाशाखाका प्रमुख एसएसपी धीरजप्रताप सिंहका अनुसार प्रहरीलार्इ देखेर प्रहरी माथि नै गोली प्रहार गरेपछि प्रहरीले जवाफी फायरिङ गरेको थियो । लिम्बुको तिघ्रामा गोली लागेको छ । उनलार्इ उपचारका लागि को ट्रमा सेन्टर पुर्याइएको छ । उनको साथबाट एक चिनियाँ पेस्तोल र त्यसमा लाग्ने चार गोली बरामद भएको छ ।
लिम्बु करिब एक दर्जन डकैती घटनाका फरार अभियुक्त हुन् ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४