शनिबार, पुस ५, २०८२

मन्त्री बस्‍नेतले भने - अबको ५ वर्षमा चिकित्सक पाउन कठिन हुनेछ 

 |  सोमबार, माघ १५, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, माघ १५, २०८०

काठमाडौं- स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले अबको ५ वर्षपछि नेपालमा चिकित्सक पाउन कठिन हुने बताएका छन्। सोमबार शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रको २८ औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

National life

उनले आफूले हेर्दा ५ वर्षपछि नेपालमा डाक्टर र नर्स पाउने अवस्था नरहेको जिकिर गरे। उनले नेपालको शिक्षा नीतिमा केही कमी, कमजोरी रहेको समेत बताए।

उनले कमजोरीहरू हटाएर अघि बढ्न आवश्यक रहेको बताए। उनले जनसंख्या बढिरहेको सन्दर्भमा स्वास्थ्यकर्मीहरू पनि बढ्दै जान आवश्यक रहेको बताउँदै देशमा कामै नपाउने अवस्था रहेको बताएका छन्।

मन्त्री बस्नेतले दक्ष जनशक्ति नहुने र आधारभूत स्वास्थ्य सेवा उपलब्ध गराउने कुरामा धेरै अप्ठ्यारो भइरहेको बताए।

'मैले सर्सर्ती हेर्दा अब ५ वर्षपछि नेपालमा डाक्टर र नर्स पाउने अवस्था छैन। यसमा हाम्रो शिक्षा नीतिका केही कमी, कमजोरीका कुरा पक्कै हुन्। ती कमी कमजोरी हटाएर आगामी दिनमा स्वास्थ्यकर्मीहरू बढ्न जरुरी छ‚' उनले भने, 'एकथरि सेवा सुविधा कमजोर भएर पलायन हुने अवस्था छ। एक थरी काम गरेर बस्दा पनि आफ्ना बालबच्चाहरू राम्रा स्कुलमा पढ्न नसक्ने, राम्रो शिक्षा पाउन नसक्ने, घर व्यवहार हाम्रो चल्न नसक्ने एउटा अवस्था। अर्को कामै नपाउने अवस्था छ।'

Laxmi sunrise bank
kumari

मन्त्री बस्नेतले आगामी दिनमा मासिक २० लाखसम्म पारिश्रमिक पाउने जनशक्ति बनाएर विदेश पठाउने बताए।

प्रकाशित: Jan 29, 2024| 19:20 सोमबार, माघ १५, २०८०
प्रतिक्रिया दिनुहोस्