काठमाडौं- काठमाडौंको सुकेधारामा रहेको ट्रान्सफर्मेसन नेपाल नामक रिह्याव सेन्टरमा प्रहरीले छापा मारेर २१ जनाको उद्धार गरेको छ । कूलतमा फसेकालाई उद्धार गर्ने नाममा अत्यन्त अमानविय व्यबहार गरेको भन्दै उजुरी परेपछि महानगरिय प्रहरी परिसर टेकूले बिहीबार राति छापा मारेको हो ।
एउटै कोठमा १५ जना भन्दा बढि ब्यक्ति राखिएको, खान समेत नदिएको, कुटपिट गरेको लगायतको आरोपमा उजुरी परेपछि प्रहरी छापा मार्न पुगेको थियो । प्रहरीले रिह्याव सेन्टरका सञ्चालक सन्तोष सुवेदीलाई नियन्त्रण लिएको छ ।
उनलाई महानगरिय प्रहरी परिसर टेकुमा राखिएको छ भने उद्धार गरिएका २१ जनालाई पनि टेकूमा राखिएको प्रहरीले जनाएको छ । आजै पत्रकार सम्मेलन गरेर घटनाको बारेमा बताउने प्रहरीको तयारी छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४