शनिबार, साउन ९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • आजका अखबार : सांसद आवास हडपिने, मन्त्रीनिवास भत्काइने

आजका अखबार : सांसद आवास हडपिने, मन्त्रीनिवास भत्काइने

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- राजधानीबाट प्रकाशित शुक्रबारका राष्ट्रिय दैनिक अखबारहरुले आलोचकप्रति प्रधानमन्त्री आक्रोशित बनेको देखि मन्त्री निवास भैसेपाटी सार्नेसम्मका विषयलाई प्राथमिकतामा पारेका छन् । 

आजको कान्तिपुर दैनिकले आलोचकप्रति आक्रोश शीर्षकमा मुख्य समाचार छापेको छ । प्रधानमन्त्री केपीशर्मा ओली विवादित क्रिस्चियन संस्थाले गरेको धार्मिक कार्यक्रमको विरोधमा बोलेका बुद्धिजीवी प्रति क्रोधित भएका छन् ।

उनले केहि बुद्धिजीवीको अभिब्यक्ति अत्यन्त असभ्य र तल्लो स्तरको भएको भन्दै उनीहरुको पोल खोलिदिए के हुन्छ ? भनेर समेत चेतावनी दिएका छन् । प्राध्यापाक कृष्ण खनालले ओलीमा पञ्चायतको जति पनि धैर्य नदेखिनु मुलुककै लागि चिन्ताको विषय भएको भनेर टिप्पणी गरेको समाचारमा उल्लेख छ । 

यस्तै कान्तिपुरले मन्त्री निवास भत्काएर अतिथिगृह शीर्षकमा एङ्कर न्यूज छापेको छ ।

पूल्चोकका मन्त्री क्वार्टर भएका ठाउँमा १० वटा राजकीय अतिथिगृह बनाउने सांसद आवासका लागि छुट्याइएका जग्गामा मन्त्रीका लागि २७ निवास बनाउने निर्णय भएको छ । मन्त्रिपरिषद्ले भैसेपाटीमै मुख्यमन्त्री र प्रदेश प्रमुखलाई १४ निवास र सम्पर्क कार्यालय बनाइउने निर्णय गरेको थियो । 

यसै विषयलाई आजको अन्नपूर्ण पोस्ट्ले सांसद आवास हडपेर मन्त्रीनिवास शीर्षकमा मुख्य समाचार बनाएको छ । सांसदका लागि आवास बनाउने भनेर २०५५ सालमै संसद सचिवालयको नाममा लिइएको जग्गामा मन्त्रीनिवास बनाउने निर्णय गरिएको हो ।

१ सय ४९ रोपनी क्षेत्रफलको यो जग्गामा मन्त्रीसहित राष्ट्रिय सभाका अध्यक्ष, उपाध्यक्ष, प्रतिनिधि सभाका सभामुख उपसभामुखका लागि २७ वटा भवन बन्ने भएको छ । मुख्यमन्त्री र प्रदेश प्रमुखका लागि पनि आवास निर्माण हुने भएको पत्रपत्रिकाले लेखेको छन् । 

निर्मला हत्या प्रकरणमा प्रहरीले अपराधीनजिक पुगेको भनि दावी गरेको विषयलाईपनि अन्नपूर्णले विशेष महत्वका साथ प्रकाशित गरेको छ । आजको नयाँ पत्रिकाले भने यसै विषयलाई मुख्य समाचार बनाएको छ । 

'प्रहरी अनुसन्धान भन्छ- निर्मलालाई सामुहिक बलात्कार' शीर्षकमा खबर लेखेको नयाँ पत्रिकाले दिलीप विष्टलाई पक्राउ गर्दा पत्रकार सम्मेलन गरेको प्रहरी यसपटक भने मौन बसेको जनाएको छ । डिएनए रिपोर्ट मिले मात्रै सार्वजनिक गर्ने तयारी भएको समाचारमा उल्लेख छ । कञ्चनपुरबाट पक्राउ परेका चारजनालाई हवाइजहाजमा काठमाडौं ल्याइएको र एकजनालाई काठमाडौंमै गिरफ्तार गरिएको थियो । 

आजको नागरिक दैनिकले भने सञ्चारमन्त्री गोकुल बास्कोटाको आक्रोशलाई प्राथमिकताका साथ छापेको छ ।

मन्त्री बास्कोटाले प्रधानमन्त्रीलाई खुइल्याउने गरि समाचार बनाएको भन्दै आक्रोश पोखेका थिए । हिजो गिरिजाप्रसाद कोइरालाले त्यहि अवार्ड थाप्दा शान्ति दुत हुने आज केपी ओलीले थाप्दा अपराधी कसरी हुन्छ भनेर सञ्चारमाध्यमसँग आक्रोश पोखेका थिए । उनले एसिया प्यासेफिक समिटका विषयमा गरिएको विरोध पनि अनाआवाश्यक भनेर टिप्पणी गरेको समाचारमा उल्लेख छ ।  

यस्तै नागरिकले प्रधानन्यायाधीश ओमप्रकाश मिश्रको चारमहिने कार्यकालको समिक्षा गरेको छ । उसले भ्रष्टाचारका मुद्दालाई प्रधानन्यायाधीश मिश्रले पन्छाउने काम गरेको समाचारमा जनाइएको छ । 
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।