शनिबार, साउन ९, २०८३

प्रदेश १ : सवारीमा जिपीएस र चालकलाइ पोशाक अनिवार्य

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
इटहरी-  पुष १ देखि टिपरलाइ दैनिक पिक आवरमा चार घन्टा चल्न रोक लगाएको प्रदेश ट्राफिक प्रहरी कार्यालयले अन्य ट्राफिक सुधारका कार्यक्रमहरु पनि सार्वजनिक गरेको छ। १ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालयले प्रदेशको सवारी आवागमनलाइ व्यवस्थित गर्न विभिन्न कार्यक्रमहरु ल्याउने भएको छ।
 
सवारी चालकलाइ अनिवार्य पोशाकको व्यवस्था देखी सवारी साधनमा जिपिएस जडान सम्मका योजनाहरु आउने भएको छ। १ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रमुख एसपी रवि कुमार पौडेलका अनुसार आगामी पुष पछाडि लागु हुनेगरि यस्ता कार्यक्रममा होमवर्क भएको बताउँछन। 

टेम्पो देखी बस हुँदै टिपर सम्मका सबै सार्वजनिक सवारी चालकहरुलाइ एकै पोशाक  तोकिने भएको छ। पोशाक तोकेपछि सवारी चालकहरुमा अनुसासन र व्यवशायिकता बढ्ने एसपी पौडेल बताउँछन । सार्वजनिक सवारीमा जिपिएस जडान गर्नुपनि धेरै महँगो नहुने पौडेलको तर्क छ। 

उनी भन्छन, ‘११ हजारको लगानी र मासिक केहि सय रकम तिरेपछि यो सुबिधा हुनेरैछ सवारीको लोकेसन र सुरक्षाको दृष्टिकोणमा  यस्तो गर्नु सवारीधनि र कम्पनीलाइ पनि नाफाकै कुरा हो।’

यस्तैगरि, सवारी चलाउदा ट्राफिक नियम नमान्दा लिइने जरिवानालाइ बैंकिङ प्रणालीमा लाने एसपी पौडेलले गृहकार्य थालेका छन्। ‘सवारीमा फाइन लिँदा ट्राफिकले नियम संगत फाइन लिएको भन्दा पनि खाएको भन्ने गलत बुझाइ छ’, एसपी पौडेल भन्छन, ‘बैंकिङ सिस्टममा गएपछि यो आशंका हुँदैन।’

सवारी गुड्ने राजमार्ग क्षेत्रका ८२ फिट बाटोमा भड्किला होर्डिङबोर्डहरु पनि हटाउने एसपी पौडेल बताउँछन्। पौडेलका अनुसार सडकको क्षेत्रफल मिचेका र राज्यले विज्ञापन गर्न बर्जित गरिएका मदिरा र सुर्तिजन्य उत्पादनको होर्डिङ बोर्ड हटाइनेछ। 

प्रदेश १ मा नीतिगत रुपमा लागु गरेर व्यवहारिक रुपमा पुर्ण कार्यान्वयन नभएको १ नम्बर प्रदेश हर्न निशेधित क्षेत्र पनि कडाइ गरिने पौडेलले बताए । हर्न निषेधको घोषणापछि धेरै सुधार आएको भन्दै एसपी पौडेलले अब पुर्ण कार्यान्वयनको लागी प्रदेश ट्राफिक प्रहरी कार्यालय लागीपर्ने बताउँछन। 

उनी भन्छन, ‘हामीले आपत्तकालिन आवस्थामा बाहेक हर्न बजाएमा ५ सय जरिमाना गर्छौँ। यो कुरा धेरैलाइ थाहा छैन र हर्न बजाएका छन्। अब कडाइका साथ कारबाही र सचेतना दुवै कार्यक्रमहरु चलाउछौँ।’




 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।