शनिबार, साउन ९, २०८३

किसानलाई अनुदानको मल पाउन सकस

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
वीरगंज- सरकारले अनुदान सहित रासायनिक मल वितरणको व्यवस्था गरेपनि किसानले सहजरुपमा मल पाउन सकेका छैनन्। मल वितरण प्रभावकारी हुन नसक्दा किसानले अवैधरुपमा भित्र्याइएको भारतीय रासायनिक मल प्रयोग गर्न र अनुदानकै मल समेत महँगो मूल्यमा खरिद गर्नुपर्ने बाध्यता छ।

महुवन,रंगपुर टाँडी, बिजबनिया, सेढवाका साथै पटेर्वासुगौली, जीराभवानी र जगरनाथपुरका किसानले सहजरुपमा रासायनिक मल नपाएको गुनासो गरेका छन्। गहुँ छर्ने समयमा मलको टड्कारो आवश्यकता हुन्छ, रामनगरीका किसान हरेन्द्र यादवले भने, तर सरकारी मल सहजरुपमा उपलब्ध छैन।

अर्का किसान करिमन महतोले भने, यतिबेला खेतमा समय दिनुपर्छ,तर मलकै जोहो गर्न धाउनु पर्ने बाध्यता छ। महुवनका किसान चिरन्जीवी यादवले निष्कृय सहकारी संस्थाहरुले अनुदानको मल दुरुपयोग गरिरहेको गुनासो गरे। उनले भने, 'किसानलाई  मल उपलब्ध गराउने भन्दा पनि प्रतिबोरा निश्चित कमिशन लिएर व्यापारीलाई नै मलको कुपन बेच्ने काममा समेत केही सहकारीका  संचालक सकृय छन्।'

कृषि सामग्री कम्पनी क्षेत्रिय कार्यालय, वीरगंजले कृषि सहकारी संस्थामार्फत किसानलाई रासायनिक मल बिक्री वितरण गर्दै आएको छ । अनुदानको मल किसानको आवरणमा सहकारीले व्यापारीलाई उपलब्ध गराइरहेको किसानको गुनासो छ।
 
सहकारी संस्थाका सञ्चालकहरुले कृषि सामग्री कम्पनी क्षेत्रीय कार्यालयले एउटा संस्थालाई प्रत्येक साता दुईपटक मात्र २६० बोरा मल दिने गरेको बताउँदै प्राप्त मल एकै दिनमा बिक्री भएको दाबी गरेका छन्। 

पटेर्वासुगौली गाउँपालिका उपाध्यक्ष ममता महतोले गापाले कृषि सामाग्री कम्पनीबाट १ हजार ४ सय क्विन्टल मल खरीद गरी किसानहरूलाई बिक्री गरेको बताइन्। कृषि सामग्री कम्पनीले प्रति बोरा दुई हजार २ सय रुपैयाँको दरले  उपलब्ध गराएको अनुदानको डिएपि मल ३ सयदेखि चार सय रुपैयाँ महँगो मूल्यमा किन्न बाध्य भएको किसानको गुनासो छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।