एजेन्सी- स्पेनको दोस्रो ठूलो फुटबल प्रतियोगिता कोपा डेल रे कपमा बिहिबार राति चार खेल हुँदै छ । चार खेल मध्यमा रियल मड्रिडको खेल निकै नै महत्वपुर्ण खेल हो ।
यो खेल रियलले जिते अन्तिम १६ पुग्ने छ । रियलले आफ्नो घरेलु मैदानमा मेलिल्लाविरुद्ध भिड्दै छ । यो खेल राति ९ बजेबाट सुरु हुनेछ ।
रियलले यसअघि मेलिल्लाको घरेलु मैदानमा ४-० को शानदार जित निकालेको थियो । तर, रियल आज आफ्नो घर सान्टियागो बेर्नाबेउमा हुने दोस्रो लेग पनि जितेर शानदार जितसहित अर्को चरण प्रवेश गर्न चाहन्छ ।
टोलीमाथि उति दबाब नरहेकाले आज प्रशिक्षक सान्टियागो सोलारीले पहिलो रोजााइका खेलाडीलाई विश्राम दिने तयारी गरेका छन् । रियलले आइतबार नै ला लिगामा हुएस्काविरुद्ध खेल्दैछ ।
बिहिबार नै हुने अर्को खेल राति ११:१५ बजेबाट सुरु हुदै छ । राति ११:१५ मा एइबार र स्पोर्टिङ गिजोन खेल्दैछन् । यसअघि भएको खेलमा स्पोर्टिङ एइबारविरुद्ध २-० ले विजयी भएको थियो ।
त्यस्तै सोहि समयमा हुने दोस्रो खेलमा हुएस्का र एथ्लेटिक बिल्बाओ खेल्दैछन् । यसअघि भएको खेलमा बिल्बाओले हुएस्कालाई ४-० ले पराजित गरेको थियो । कोपा डेल रे मा बिहिबार रातिको अन्तिम खेलमा रियल बेटिस र रासिङ खेल्दैछन् । यसअघि भएको खेलमा बेटिस १-० ले विजयी भएको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४