शनिबार, साउन ९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • मन्त्रिपरिषद्का १० निर्णय: भैंसेपाटीमा मन्त्री निवास, पुल्चोकमा 'रोयल गेष्ट हाउस'

मन्त्रिपरिषद्का १० निर्णय: भैंसेपाटीमा मन्त्री निवास, पुल्चोकमा 'रोयल गेष्ट हाउस'

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- मन्त्रिपरिषद् बैठकले पुल्चोकमा रहेको मन्त्री निवास भैंसेपाटीमा र राजकीय अतिथि भवन पुल्चोकमा बनाउने निर्णय गरेको छ। 

सोमबारको मन्त्रिपरिषद्‍ बैठकका निर्णय बिहीबार सार्वजनिक गर्दै सूचना तथा सञ्‍चारमन्त्र गोकुल प्रसाद बाँस्कोटाले राष्ट्रियसभा अध्यक्ष, प्रदेश प्रमुख, मुख्यमन्त्री र मन्त्रीहरुका लागि ललितपुरको भैंसेपाटीस्थित सैबु आवास क्षेत्रमा निवास बनाउने निर्णय गरेको जानकारी दिएका छन्। 

उनका अनुसार सरकारले राष्ट्रियसभा अध्यक्ष, उपध्यक्ष, उपसभामुख र मन्त्रीहरुका लागि २७ वटा भवन र प्रदेश प्रमुख र मुख्यमन्त्रीहरुका लागि १४ वटा अवास तथा सम्पर्क कार्यालय निर्माणको निर्णय गरेको हो। 

हाल पुल्चोकमा रहेका मन्त्री निवासका १० वटा भवन भने राजकीय अतिथि भवन बनाइनेछ। यसका लागि जग्गा अभाव भएमा राष्ट्रिय पुस्तकालय छेउमै रहेको सरकारी जग्गा समेत उपयोग गर्न सकिने सरकारको निर्णय छ।

त्यस्तै महाकवि लक्ष्मीप्रसाद देवकोटाको आवासलाई देवकोटा संग्राहलय बनाउने मन्त्रिपरिषद्ले निर्णय गरेको छ। यसअघि देवकोटा जयन्तिका दिन प्रधानमन्त्री केपी शर्मा ओलीले देवकोटाको डिल्लिबजारस्थित घरलाई संग्रहालय बनाउने बताएका थिए।

मन्त्रिपरिषद बैठकले नेपाल भारत एकीकृत भन्सार जाँच चौकी वीरगञ्जको स्थापना गर्दा विस्थापित भएर घरबारविहीन हुन पुगेका परिवारलाई प्रति परिवार एक लाख ५० हजार रुपैयाँ र यसअघि मुआब्जा पाएर पनि बसोबासको व्यवस्था गर्न नसकेका परिवारलाई प्रति परिवार एक लाख रुपैयाँ दिने निर्णय पनि गरेको छ।

 
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।