शनिबार, साउन ९, २०८३

पूर्वआर्इजीपी मोतीलाल बोहरालार्इ सफार्इ 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- भ्रष्टाचार मुद्दामा विशेष अदालतले भ्रष्टाचारी ठहर गरेका पूर्व प्रहरी महानिरीक्षक मोतीलाल बोहरालार्इ सर्वोच्च अदालतले सफार्इ दिएको छ। 

सर्वोच्चले विशेष अदालतको फैसला उल्ट्याउँदै सर्वोच्चले बिहीबार सफार्इ दिएको हो। बोहरार्इ विशेष अदालतले यसअघि अवैध सम्पत्ती जोडेको अभियोगमा डेढ वर्षको कैद सजाय, २६ लाख ८३ हजार रुपैयाँ जरिवानाका त्यति नै मात्राको बिगो पनि तोकेको थियो। 

अख्तियारले मुद्दा दायर गरेको झन्डै एक दशकपछि पूर्वआईजीपी बोहराको विशेष अदालतले २०६८ मा फाइल खोलेको थियो। अख्तियारले उनको २ करोड ३८ लाख रुपियाँ सम्पतिको स्रोत नखुलेको भन्दै मुद्दा दायर गरेको थियो। 

बोहराका बिरुद्ध २ करोड ३८ लाख सम्पतिको स्रोत नखुलेको भन्दै अख्तियारले २०६१ मा विशेषमा मुद्दा दायर गरेको थियो। बोहरा विसं २०४९ सालदेखि २०५३ सम्म प्रहरी महानिरीक्षक रहेका थिए।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।