शनिबार, साउन ९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • 'एशिया प्यासिफिक समिट' हिन्दुत्व समाप्त पार्ने ग्राण्ड डिजाइन :  पूर्व प्रहरी परिषद्

'एशिया प्यासिफिक समिट' हिन्दुत्व समाप्त पार्ने ग्राण्ड डिजाइन :  पूर्व प्रहरी परिषद्

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीको भातृ संगठन पूर्व प्रहरी परिषदको केन्द्रीय कार्य समितिको नियमित बैठक आज पार्टी केन्द्रीय कार्यालयमा सम्पन्न भएको छ। 

परिषदका केन्द्रीय अध्यक्ष हरिहर श्रेष्ठको अध्यक्षतामा सम्पन्न बैठकले एउटा संस्थाले अयोजना गरेको एशिया प्यासिफिक समिटमा सरकारको संलग्नता, सहयोग र सक्रियताप्रति पूर्व प्रहरी परिषद्को ध्यानाकषर्ण भएको छ। 

एक लाख डलर र सुनको तक्माको लोभमा मात्र नभएर नेपालको पहिचान हिन्दुत्व समाप्त पार्ने ग्राण्ड डिजाइनको एउटा रूप हो भन्ने विश्लेषण गरेको छ। यसले ठूलो रूप लिन सक्ने भएकोले यसको विरूद्दमा अवाज उठाइ सम्पूर्ण नेपाली जनता एक भइ परास्त गर्नु पर्ने अध्यक्ष श्रेष्ठले बताएका छन्।

त्यस्तै हिन्दु राष्ट्र पुनस्र्थापनाका लागि पार्टीले आगामी फागुन ७ गतेदेखि सुरु गर्ने निर्णायक आन्दोलनमा अइ पर्ने हरेक काम गर्न पूर्व प्रहरी परिषदका पदाधिकारी तथा सदस्यहरू शारिरिक, मानसिक र अर्थिक रूपमा तयार भई आन्दोलनलाई सफल पार्ने निर्णय गरेको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।