शनिबार, साउन ९, २०८३

राजासहितको हिन्दुराष्ट्र माग गर्दै भैरहवामा जुलुस

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
भैरहवा- राजा सहितको हिन्दुराष्ट्र कायम गर्न माग गर्दै भैरहवा सोमबार जुलुश निकालेको छ।

वर्मेलीबाट दिउँसो एक बजे निकालिएको जुलुश नारा लगाउँदै नगर परिक्रममा गरी गललाभण्डीको हनुमान मन्दिरमा पुगेर समापन भएको थियो। 

जुलुसलाई सम्बोधन गर्दै पूर्वमन्त्री प्रकाश चित्रकारले राजनीतिक दलहरू शासन सञ्चालन गर्न असफल भईसकेका कारण जनताले राजसंस्थाको आवश्यकता महसुस गर्न थालेका धारणा व्यक्त गरेका छन्। 

हिन्दुराष्ट्र र राजसंस्था एक अर्कोका अभिन्न अंग भएको र नेपालमा छिट्टै राजस्ंस्था सहितको हिन्दु राष्ट्र कायम हुने दाबी गरे।
 
शिव सेना नेपालको आयोजनाान निकालिएको जुलुसको नेतृत्व आयोजक संस्थाका केन्द्रिय उपाध्यक्ष शिब केसी, केन्द्रिय सदस्य अनिल कुमार जयसवाल हिन्दु जागरण नेपालका अभियान्ता शारदा पोखरेल, नागरिक अगुवा श्रीराम गुप्ता सापकोटा लगायतले नेतृत्व गरेका थिए।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।